मर्नु अघिको एक हृदयविदारक म्यासेजले विश्व तरंगित

४४ लाख तिरेर कमाउन पठाएकी छोरीको ‘मर्दैछु’ भनेर म्यासेज आयो, पिताले यसरी पोखे पीडा

एजेन्सी। बेलायतमा कन्टेनरभित्र ज्यान गुमाएका ३९ जना आप्रवासीमध्ये एक आफ्नी छोरीसमेत भएको लगभग पक्का भएपछि भियतनामका मातापीडाले आफ्नो पीडा पोखेका छन् । यो घटनामा कन्टेनरभित्र चिसोमा थुनिएर ३९ जनाले ज्यान गुमाएका थिए । तीमध्ये एक भियतनामकी फाम थी ट्रा मी पनि भएको मानिएको छ । उनले आफ्ना मातापितालाई मंगलबार राती आफू मर्दैछु भन्दै निकै हृदयविदारक म्यासेज पठाएकी थिइन् ।

मीकी आमा गुएन थी फोङ र पिता फाम भान थिनले आफ्नो पीडा पोखेका छन् । सिएनएनसँगको एक अन्तरवार्तामा उनका पिता फामले भने ‘मैले मेरी प्यारी छोरी र मेरो पैसा सबै गुमाएँ ।’ पति पत्नी दुवैले गरेर महिनामा ३११ पाउण्ड (४५ हजार नेपाली रुपैयाँ) कमाउने यो दम्पतीले छोरीलाई बेलायत कमाउन पठाउनको लागि तस्करहरुले मागेको ३० हजार पाउण्ड (४३ लाख ६७ हजार नेपाली रुपैयाँ) जुटाएर दिएका थिए । उनीहरुले तस्करलाई पैसा दिएपछि मी चीन, फ्रान्स हुँदै बेलायतका लागि गएकी थिइन् ।

‘तस्करहरुले उनीहरु विमान कारबाट जानेर यो बाटो सुरक्षित भएको बताएका थिए । यदि मलाई उनीहरु यस्तो बाटो जाँदैछन् भन्ने थाहा पाएको भए म उसलाई जान दिने थिइन’ फामले भने । क्षत विक्षत भइसकेका यी मातापिता अब ब्रिटिस र भियतनामी अधिकारीहरुले आफ्नी छोरीको शव पठाइदिने पर्खाइमा छन् । बेलायतमा रहेका भियतनामी समुदायले पनि हराइरहेका भियतनामी नागरिकको फोटो र जानकारी संकलन गरिरहेको छ ताकि ब्रुमफिल्डको अस्पतालको मुर्दाघरमा रहेका शवको पहिचान गर्न सकियोस् ।

बेलायतमा रहने भियतनामी समुदायको वेबसाइट भियतहोमले आफूहरुले हराइरहेको भनिएका १५ देखि ४५ वर्ष उमेर समूहका २० जना भियतनामीको फोटो संकलन गरेको जनाएको छ । यदि भियतहोममा हराइरहेको भनेर रिपोर्ट गरिएका व्यक्तिले नै लरीभित्र ज्यान गुमाएको भए सबैभन्दा कम उमेरकी पीडित अहिले चर्चा भएकी मी भन्दा कम उमेरकी हुनेछिन् । हराइरहेकी एक भियतनामी किशोरीमो उमेर १९ वर्ष छ र उनका परिवारले उनी पनि यही लरीमा भएको हुन सक्ने अनुमान गरेका छन् ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: