टी-१० ले पारसलाई सम्बोधन गर्यो”हिमालयन हीरो”

भर्खरै आवद्द टी-१० लिगले नेपाली क्रिकेट टीमका निवर्तमान कप्तान पारस खड़कालाई हिमालयन हीरोको उपनामले सम्बोधन गरेको छ ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले युएईमा हुने टि–१० लिग खेल्ने भएका छन् । युएईको अबुधावीमा आयोजना हुने टि–१० लिगको तेस्रो संस्करण पारसले टिम अबुधाबीबाट खेल्ने भएका हुन् ।

अघिल्लो साता अबुधाबीमा भएको ड्राफ्ट अघि नै पारसलाई टिम अबुधाबीले १० हजार डलरमा अनुबन्धन गरेको थियो । पारसको टिम टिम अबुधाबीमा इंग्ल्यान्डका अलरान्डर मोइन अली र ह्यारी गुर्नेइ, न्यूजिल्यान्डका कोरी एन्डरसन, श्रीलंकाका निरोशन डिक्वेला, पाकिस्तानका मोहम्मद आमीर, वेस्टइन्डिजका हेडन बाल्सलगात खेलाडी छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: