म्याद नाघेका खाद्यान्न नष्ट

बेनी, ६ कात्तिक । बेनीमा बजार अनुगमनका क्रममा बरामद गरिएका म्याद नाघेका खाद्यवस्तु नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बेनीमा सञ्चालित खाद्यान्न पसलहरुको अनुगमन गरिएको थियो । जिल्ला प्रशासन, प्रहरी, बेनी नगरपालिका, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधिको सहभागितामा अनुगमन भएको थियो ।

उपभोग्य म्याद नाघेका र लेभल नभएका पेय पदार्थ, दालमोड, मिठाई, सस, चिउरा, मसला, मैदा, चिउरा लगायत करिब पचास किलोग्राम बस्तु नष्ट गरिएको हो । बेनी नगरपालिकाको रातोपहिरो स्थित फोहोर प्रसोधन केन्द्रमा लगेर सामान नष्ट नगरिएको डिभिजनका प्रमुख केदार पौडेलले बताउनुभयो ।

डेरी पसलमा खाद्यान्न समेत विक्री भएको, उपयोग्य म्याद नाघेका बस्तु बिक्रीका लागि राखेका, मूल्य सूचि अद्यावधिक नगरेको भेटिएको थियो । दर्ता नगरि सञ्चालन भएको दुर्गा माडा उद्योगका सञ्चालकलाई दर्ता प्रक्रियामा आउन सचेत बनाइएको छ ।

बजार अनुगमनका क्रममा व्यवसायिहरुको कमजोरी भेटिएपनि सचेत बनाएर मात्र छाड्ने गरिएको छ । कारबाही नहुँदा व्यवसायिले अटेरी गरेका छन् । बजारको अवस्थामा सुधार नहुँदा अनुगमन प्रभावकारी बन्न सकेको छैन् ।

 

 

 

 

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: