ट्राफिक चेकजाँचमा कडाइ

बेनी, ६ कात्तिक । दुर्घटना न्युनीकरणका लागि म्याग्दीमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

बेनी देखि म्याग्दीका विभिन्न ग्रामिण बस्ति जोड्ने सडकमा छड्के चेकजाँचलाई तिब्रता दिएको हो । तोकिएको भन्दा बढी भाडा असुलेको, क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको गुनासो बढेपछि ट्राफिक नियम पालनामा कडाइ गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा सवारी साधनमा यात्रुको चाप बढेको छ । बेनी–जोमसोम सडकमा म्याग्दी हुदै मुस्ताङ जाने र आउने यातायातका साधनको पनि चाप बढेको छ । बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–भगवती, बेनी–बरंजा, बेनी–बागलुङ सडकमा चेकजाँचका साथै निगरानी बढाएको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: