विप्लप नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ

बेनी, ४ कात्तिक । नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपा निकट युवा संगठनका म्याग्दी जिल्ला अध्यक्षलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

मालिका गाउँपालिका–१ रिठ्ठेचौरबाट युवा संगठनका जिल्ला अध्यक्ष धनबहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय दरवाङको टोलीले पुनलाई पक्राउ गरेर साँझनै बेनी ल्याएको प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।

पक्राउ परेका पुन मालिका गाउँपालिका–१ निस्कोटका हुन । उनि प्रतिबन्धित विप्लप समूहको गतिबिधिमा संलग्न भएको, एनसेल टावर आगजनी गरेको, जनप्रतिनिधि तथा ब्यापारिहरुलाई चन्दा माग्ने कार्यमा संलग्न भएको प्रहरीको आरोप छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: