वुद्धद्धारा बाटो मर्मत

सेते तिलीजा पुन
शिख, ३ कात्तिक । अन्नपूर्ण गाउँपालिका – ५ शिखमा एक वृद्धले बाटो मर्मत  गर्नुभएको छ ।

शिख उपल्लो गाउँका ९२ वर्षीय भुवानसिङ पुर्जाले गाउँदेखि पाखाभुमे जाने पदमार्ग पुननिर्माण गर्नुभएको हो । पुर्जाको व्यक्तिगत खर्चमा बर्खामा पहिरो खसेर बिग्रीएको पदमार्ग मर्मत भएको हो ।

गाउँका युवा र मजदुरहरुसँगै पुर्जा पनि पदमार्ग निर्माणमा खटिनुभएको थियो । पदमार्ग पहिरोले भत्काएपछि आवत जावत गर्न समस्या भएको थियो ।

साविक शिख वडा नं २,३,४,५, का बासिन्दालाई पदमार्ग मर्मत पछि आवत जावतमा सहयोग भएको छ ।

गाउँमा काम छैन् भनेर समय बिताएर बस्ने युवा र विकासको काममा सरकारको मात्र मुख ताक्ने प्रवृतिका विरुद्ध पुर्जाले गतिलो सन्देश र नमुना काम गर्नुभएको स्थानीयले बताएका छन् । गाउँलेले पुर्जालाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: