बिचल्लीमा परेका बालिकाहरुलाई सहयोग

लुलाङ, ३ कात्तिक । धवलागिरी गाउँपालिका–२ लुलाङमा बिचल्लीमा परेका छ जना बालिकाहरुलाई प्रवासीबाट सहयोग प्राप्त भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनका दितृय उपाध्यक्ष भक्तबहादुर सिङकीजा पुनको पहलमा संकलन भएको ३१ हजार २५० रुपैयाँ उनिहरुकी आमा सुकमाया बिकलाई आइतबार हस्तान्तरण गरिएको छ ।

दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको उद्घाटन कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष थमसरा पुन र वडा अध्यक्ष गमप्रसाद बिक मार्फत सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

श्रीमान पूर्णबहादुर बिक एक वर्षअघि दोस्रो बिवाह गरेर भागेपछि सुकमायाका छ जना छोरीहरुको पठनपाठन र स्याहार सुसारमा समस्या भएको छ । उनिहरुको घरको आर्थिक अवस्था कमजोर छ । पूर्णबहादुरले छोरी छोरी मात्र जन्माएको आरोप लगाउदै करिब डेढ वर्षअघि अर्को महिला बिवाह गरेर सम्र्पक बिहीन भएका छन् ।

बिचल्लीमा परेका सुकमायाका छोरीहरुको लागि नर्जाखोला युवा क्लव र सुन्दर मनका फुलबारी नामको संस्थाको पहलमा यसअघि बुटबलमा रहेका अनील पुनको नेतृत्वमा ५० हजार रुपैयाँ सहयोग गरिएको थियो । कापीकलम, पोशाक र पौष्टिक आहराका लागि सहयोग गरिएको क्लवका अध्यक्ष सविन घर्तीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: