एकै दिन चार वटा पालिकामा नेकपाको कार्यकर्ता प्रशिक्षण


बेनी, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले शनिबार एकै दिन तीन वटा स्थानीय तहमा संगठित सदस्यहरुलाई प्रशिक्षण गरेको छ ।

दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन धवलागिरी गाउँपालिकाको ताकम, मालिकाको दरवाङ, अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र बेनीमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

प्रशिक्षणमा नेताहरुले एकताको भावना अनुसार अन्तरघुलन भएर पार्टी गतिबिधिलाई अगाडी बढाउन, स्थानीय, प्रदेश र संघीय सरकारका योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि पहलकदमी गर्न र पार्टी अनुशासनप्रति गम्भिर बन्न निर्देशन दिएका छन् ।

यसैगरी वडा तथा पालिका स्तरका कार्यकर्ताहरुले गाउँ केन्द्रित अभियान सञ्चालन गर्न, पार्टी संगठनको एकटा छिटो छुङ्गाउन, चुनावमा गरेका प्रतिवद्धता कार्यान्वयन र सन्तुलित विकासमा ध्यान दिन सुझाव दिएका छन् ।

ताकममा जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश कमिटि सदस्य खुमबहादुर बानिया, जिल्ला कार्यालय सदस्य रेशम जुग्जाली, दरवाङमा जिल्ला अध्यक्ष गोविन्द पौडेल र प्रदेश कमिटि सदस्य नवराज शर्मा, बेनीमा जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ र नेता टेकबहादुर विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो ।

ताकममा भएको कार्यक्रममा नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघका नेता गिरिप्रसाद छन्त्याल नेकपा सम्बद्ध शिक्षक संगठनमा प्रवेश गर्नुभएको थियो । गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुवेदीको अध्यक्षता, सचिव देउप्रसाद छन्त्यालको सञ्चालन र गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालको स्वागतम सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

दरवाङमा गाउँपालिका कमिटिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता, सचिव गोविन सिउथानीको सञ्चालन र दरवाङका वडा अध्यक्ष सन्तोष सुवेदीको स्वागतमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु लगायत जनप्रतिनिधिहरु पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बेनीमा नगर कमिटि अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता र सचिव राजकुमार थापाको सञ्चालनमा सम्पन्न भएको थियो । उहाँहरुले सरकारले देशमा शुसासन स्थापना, विकासलाई गति दिन, अपराध, विकृति, बेथिति र भ्रष्ट्राचार नियन्त्रणमा कडा रुपमा प्रस्तुत भएको बताउदै विपक्षिले फैलाएको भ्रममा नपर्न आग्रह गर्नुभएको थियो ।

नेकपा अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष खड्ग गिरीको अध्यक्षता, सचिव पूर्ण पाइजाको सञ्चालन र वुद्धी पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा कमिटिका अध्यक्ष र जनप्रतिनिधिहरुले संगठन र सत्ता मार्फत भएका कामको बारेमा जानकारी गराएका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद तथा नेकपाको प्रदेश कमिटि सदस्य बिनोद केसीले एकतालाई बलियो बनाउदै पार्टी र सत्ताको कामलाई समन्वय तथा व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा प्रदेश र संघीय सरकारले विभिन्न विकास निर्माणका कामलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउदै ती योजनाहरुको प्रभावकारी कार्यान्वयन र सदुपयोगमा सचेत रहन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

बिशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा नेकपाका नेता देवेन्द्रबहादुर केसीले पार्टीको अनुशासन र निर्देशनको पालनामा गम्भिर बन्न आग्रह गर्नुभयो । उहाँले शुसासन, विकास र सम्बृद्धीको नारालाई सार्थक बनाउन कार्यकर्ता तहबाट पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: