अर्थुङ्गेमा खेलकुद प्रतियोगिता सम्पन्न

बेनी, ३० असोज । बेनी नगरपालिका–६ अर्थुङ्गेमा दशैं पर्वको अवसरमा फाइभ ए साइड फुटबल र पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

अर्थुङ्गे युवा क्लवले सल्लाहकार दिनेश शर्माको स्मृतिमा आयोजना गरेको पाँचौ फाइभ ए साइड फुटबल प्रतियोगिता अर्थुङ्गे कपको उपाधि आयोजकले जितेको छ । पर्वत बेनीको नव उत्साही युवा क्लव उपबिजेता भएको छ ।

प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित ५५ हजार ५५५ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । एउटा समूहबाट पाँच जनाका दरले सहभागि फाइभ ए साइड फुटबलमा २४ टिमले सहभागिता जनाएका थिए ।

यसैगरी १९ टिम सहभागि पुरुष भलिबलमा तोरीपानी युवा क्लव प्रथम र भृकुटी युवा क्लव भिरमुनी दितृय हुदै ट्रफि, मेडल र प्रमाणपत्र सहित ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

महिला लठो तान्ने खेलमा एक्लेपिपल आमा समूह प्रथम र जामुनाखर्क भगवती आमा समूह दितृय भएका छन् । असोज २३ गते प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको प्रतियोगिता २८ गते प्रदेश सांसद बिनोद केसीको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।
फुटबलमा आयोजक क्लवका निशान गुरुङ्ग उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकमा सजिन किसान, नव उत्साही युवा क्लवका प्रवेश मगर सर्वाधिक गोलकर्ता र भलिबलमा भिरमुनीका अनिष बनिया उत्कृष्ट खेलाडी भएका छन् ।

सो अवसरमा अमित विश्वकर्मा, रिना केसी, रवी कार्की, सज्जन बोहोरा, बिमला श्रेष्ठ, मिलन विश्वकर्माले गित प्रस्तुत गरेका क्लवका अध्यक्ष शिशिर शाहीले जानकारी दिनुभयो । क्लवले प्रत्येक वर्ष दशैं पर्वको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: