भगवतीमा खेलकुद प्रतियोगिता सम्पन्न

बेनी, ३० असोज । बडा दशैँको अवसरमा रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

पुरुष भलिबलमा भगवती, महिला भलिबलमा पुन युनाइटेड क्लव पोखरा, प्रौढ भलिबलमा रानीपौवा युवा क्लव र बास्केटबलमा पात्लेखेत विजयी भएका छन् ।

पुरुष भलिबलमा घतान, महिला भलिबलमा तिप्ल्याङ, प्रौद्ध भलिबलमा माझखर्क र बास्केटबलमा नवसन्तोष युवा क्लव पिप्ले उपबिजेता भएका छन् ।

पुरुष भलिबलमा बिजेतालाई ७७ हजार र उपबिजेतालाई ४७ हजार, प्रौढ भलिबलको बिजेतालाई २५ हजार, उपबिजेतालाई १५ हजार, महिला भलिबलको बिजेतालाई २५ हजार र १५ हजार, बास्केटबलमा बिजयीलाई ३१ हजार र २१ हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद बिनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, वडा अध्यक्ष रिम कटुवाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

पुरुष भलिबलमा एकेन्द्र भण्डारी, प्रौढमा किरण शाही, महिलामा रश्मीना गुरुङ र बास्केटबलमा तार्जन पाईजाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरेका छन् ।

भगवती कोट मन्दिर परिसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई ब्यवस्थितसंगै महत्व बढाउन वडा कार्यालयले आयोजना र भगवती युवा क्लवले समन्वय गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: