असिनाको क्षतिको विवरण संकलन

बेनी, २९ असोज । कृषि ज्ञान केन्द्र म्याग्दीले गत हप्ताको असिनाले पु¥याएको क्षतिको विवरण संकलन गरेको छ । स्थलगत अनुगमन गरेर पिडित कृषकहरुको खेतबारीमै पुगेर क्षतिको विवरण संकलन गरेको हो ।

बेनी नगरपालिका¬–२ भकुण्डे, मंगला गाउँपालिकाको बरंजा खानीगाउँ र थाइवाङमा असोज २१ गते वडा दसैको दिन परेको असिनाले धान, कोदो, सिमी लगायत बाली र फलफुल खेतिमा क्षति गरेको थियो ।

स्थानीय तहसंगको सहकार्यमा संकलित विवरण एकिकृत गरी मन्त्रालयमा पठाएर क्षतिपुर्तिका लागि पहल गरिने कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले बताउनुभयो । केन्द्रका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि सहितको टोली असिना पिडित कृषकहरुको खेतबारीमै पुगेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, कृषि ज्ञान केन्द्रका प्रमुख कोइराला लगायतको टोलीले मंगलबार थाइवाङमा पुगेर असिनाले पु¥याएको क्षतिको बारेमा जानकारी लिएको थियो ।

पाकेर भित्र्याउने बेला भएको धान, कोदो, बोडी, सिमी लगायत खाद्यबाली, तरकारी र फलफुल असिनाले झारेपनि कृषकहरु निराश भएका छन् । असिना पिडित कृषकहरुले विउ र राहतको व्यवस्था मिलाउन माग गरेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: