अमृताको “चिलगाडी” सार्वजनिक

बेनी, २९ असोज । म्याग्देली कलाकार अमृता श्रीपालको लोक दोहोरी गित “चिल गाडी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बेनी नगरपालिका–३ भकिम्लीकी लोक तथा दोहोरी गायिका श्रीपाल र रञ्जित परियारको आवाज रहेको गितमा माया प्रेम र वैदेशिक रोजगारीको बाध्यतालाई प्रस्तुत गरिएको छ ।

वैदेशिक रोजगारिका लागि विदेशिन लागेका श्रीमान र श्रीमतिको भावनालाई गित मार्फत प्रस्तुत गरेको कलाकार श्रीपालले बताउनुभयो ।

अमृता श्रीपाल, रञ्जित परियार, निक्स शर्मा र पुजन घिमिरेको अभिनय रहेको गितको म्युजिक भिडियो कलाकार श्रीपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । कुशल बेलबासेको शब्द, संगित रहेको गितमा आशिष अविरलले बाद्यबाजन एरेञ्ज गर्नुभएको छ ।

राग स्टुडियोमा रेकर्ड गरिएको गितको एचबिएन किस्मतले अडियो सम्पादन गर्नुभएको हो । मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोको मनोज कार्कीले सम्पादन गर्नुभएको छ ।

काठमाडौमा पढाइसँगै कलाकारितालाई अघि बढाएकी अमृताका जाने बेला सरर गैरी गाउँको मेला, खैनिले शिर्षकको तिज गित, दसै तिहार सम्बन्धी गित यसअघिनै सार्वजनिक भएका थिए । आफ्नो र अरुका गरेर करिब बीस वटा गित गायकी श्रीपाली दर्शक स्रोताबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहीत भएको बताउनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: