ताइफु अपडेटः ज्यान गुमाउनेको संख्या १९ पुग्यो, १६ जना बेपत्ता

टोकियो । शक्तिशाली ताइफु हगिबिसका कारण जापानमा १९ जनाको ज्यान गएको छ । त्यस्तैगरी, १६ जना बेपत्ता भएका छन् । ताइफुसँगै आएको भारी वर्षाले गर्दा नदिहरुमा पानीको बहाव बढेसँगै शनिवार टोकियो महानगर क्षेत्र लगायत जापानका कयौं स्थानमा आवासीय क्षेत्रहरु डुबानमा परेका छन् । देशभर ९० जना भन्दा धेरै घाइते भएका उद्धारकर्ता र आधिकारिक निकायहरुलाई उद्धृत गर्दै समाचार संस्था क्योदोले बताएको छ । बाढी र पहिरोको चपेटामा परेका मध्य, पूर्वी र उत्तरपश्चिम क्षेत्रमा उद्धार कार्य भइरहेको छ ।

चिकुमा नदीको किनार भत्किदा मध्य जापानको शहर नागानो सबै भन्दा धेरै प्रभावित भएको छ । नदीको पानी आवासिय क्षेत्रमा पसेको र त्यहाँको केही स्थान भने बाढीको पानीले ५ मिटरसम्म डुबेको भु–मन्त्रालयको अनुमान छ । जापानको मुख्य टापु होन्शुमा ६० लाख भन्दा मानिसहरुलाई सो स्थान छाडेर सुरक्षित स्थानमा जान सुझाव दिइएको छ । त्यहाँ रेल सेवा प्रदायकहरुले अधिकांश सेवा स्थगित गरेका छन् । महानगर र आसपासका क्षेत्रमा शनिवार मध्याहन्न देखि आइतबार बिहानसम्म अधिकांश विमानस्थल बन्द गरिएका छन् ।

टोकियो र अधिकांश मध्य तथा पूर्वी जापानमा इभ्याकुएशेन एड्भाइजरी हटाइएको छ । भु, पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयका अनुसार नौं प्रिफेक्चरमा कम्तिमा पनि ३३ ओटा पहिरो र भुस्खलन भएको छ ।

टोकियोको हानेदा विमानस्थल र र अधिकांश शिन्कान्सेन बुलेट रेल सेवा आइतबार बिहानै बाट सुचारु हुन थालेका छन् । शनिवार भने धेरैजसो हवाई र शिन्कान्सेन रेल सेवा ठप्प गरिएको थियो । हानेदा विमानस्थलबाट हुने भनिएका कयौं हवाई उडान अगाडि नै रद्द गरिएको थियो । टोकियोको सबवेको सञ्चालन बिहान सुरक्षाको अवस्था चेकजाँच गर्न स्थगित गरिएको थियो ।

टोकियो अनि गुन्मा, साइतामा, कानागावा, यामानाशी, नागानो, शिजुओका, निगाता, फुकुशिमा, तोचिगी, इबाराकी, मियागी र इवाटे पिफेक्चरमा जापानको मौसम विभागले वन–टू–५ स्केलमध्ये उच्चतम् चेतावनी जारी गरेको थियो । डयाम भत्किने अवस्था टार्न केही डयाम सञ्चालकहरुले डयामको पानी खोल्ने आदेश दिँदा बाढी प्रभावित केही स्थानमा नदीमा पानीको बहाव झनै बढ्न सक्ने बताइएको छ ।

ताइफुले सबैभन्दा धेरै क्षति पु¥याएको इचिहारा, चिबा प्रान्तको केही स्थानमा १२ घरहरु क्षतवि*क्षत भएका छन् भने ७० भन्दा धेरै घरमा क्षति पुगेको छ । केही प्रिफेक्चरहरुमा घरहरु उडाएका छन् । चिबामा आइतबार बिहान १० बजेसम्म १ लाख घरमा बिजुली आपूर्ति बन्द भएको टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्स इङ्कले बताएको छ ।

साभार :  नेपाली इन जापान

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: