जापानमा यो वर्षक़ै ठुलो तथा ख़तरनाक ‘सुपर ताइफु’ आउँदै, आवश्यक तयारी गर्न आग्रह ।

जापानी मौषमविद्हरुले यो सिजनको १९ औ ताइफु हगिविसको सामनाका लागि आवश्यक तयारीहरु गर्न आग्रह गरेका छन् । शुक्रबारदेखिनै आफ्नो प्रभाव देखाउने अनुमान गरिएको शक्तिशाली ताइफु शनिवार पूर्वि जापानको नजिकै आउने र शनिवार तथा आइतबार टोकियो सहित जापानको ठूलो क्षेत्रमा असर पार्ने बताइएको छ ।

जापान मेटोरोलोजिकल एजेन्सीले विहिवार दिएको जानकारी अनुसार हगिविस हाल ओगासावारा द्धिपबाट अघि बढिरहेको छ । यसको प्रभावका कारण भारी बर्षा र ठूलो हावाहुरी आउने अनुमान मौषमविद्हरुले गरेका छन् ।

विहिवार साँझ ६ बजेसम्म हावाको गती उच्चतम १४१ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ । मौषमविद्हरुले चिसो हावाका कारण मौषम अस्थिर रहनसक्ने बताएका छन् ।

शुक्रबारदेखि इजु द्धिपमा २४ घण्टाभित्र १२० मिलिलिटर बर्षा हुने अनुमान छ भने कान्तो, तोकाई तथा किन्की क्षेत्रमा एक सय मिलिमिटरसम्म बर्षा हुनसक्ने अनुमान छ । त्यस्तै शनिवार अपरान्हदेखि तोकाई क्षेत्रमा ४०० देखि ६०० मिलिमिटरसम्म, कान्तो–कोशिन क्षेत्रमा ३०० देखि ५०० सम्म र किन्की क्षेत्रमा ३०० देखि ५०० मिलिमिटरसम्म बर्षा हुनसक्ने अनुमान गरिएको छ ।

यस्तै प्रकृतिको ताइफु सन् २०१३ को अक्टोबर महिनमा पनि आएको बताउँदै उनिहरुले सो बेला ६ घण्टाभित्र ६ सय मिलिलिटर बर्षा भएकाले अहिले पनि केही क्षेत्रहरुमा थोरै घण्टाभित्र भारी बर्षा हुनसक्ने भएकाले सचेत रहन भनेका छन् ।

ताइफुको ‘सनकी बहाव’को अनुमान

मौषमविद्हरुले यो ताइफुका कारण समुद्री तटीय क्षेत्रहरुमा सनकी बहावको सम्भावना रहेको बताएका छन् । यो बहाव सामान्य भन्दा दुई गुणा बलियो हुने बताइन्छ । यस्तै प्रकृतिको बहावले सन् २०१२ मा मध्य जापानको आतामीमा १७ जना घाइते बनाएको थियो जसमध्ये २ जनाको ज्यान गएको थियो ।

विदेशीहरुलाई सचेत रहन आग्रह

जापान सरकारले जापानमा बसोबास गरिरहेका विदेशी नागरिक तथा पर्यटकहरुलाई स*तर्क रहन र सूचना तथा जानकारीहरु लिइरहन विशेष आग्रह गरेको छ । विदेशीहरुका लागि उपलव्ध स्मार्टफोन एप तथा वेवसाइट तथा टेलिभिजनमार्फत सूचना लिन सरकाले आग्रह गरेको हो । विहिवार भएको एक पत्रकार सम्मेलनमा न्याय मन्त्री काचुयुकी खावाइले विदेशीहरुमाझ सूचना सम्प्रेसण गर्न मातहतका निकायहरुलाई अह्राएको बताएका छन् । उनले स्थानीय निकायहरुले तयार पारेका जानकारीहरु पढ्न तथा जापान टुरिजम एजेन्सीले तयार पारेको वहुभाषिक मोवाइल एप (नेपाली भाषामा पनि उपलव्ध छ) प्रयोग गर्न सुझाएका छन् ।

सैयौं उडानहरु रद्द

शक्तिशाली ताइफुका कारण आउनसक्ने सम्भावित जो*खिमलाई मध्यनजर गर्दै अल निप्पोन एयरवेजले हानेदा तथा नारिता विमानस्थलबाट आउने जाने सबै उडानहरु रद्द गरेको छ । आनाका लगभग ३७० वटा उडानहरु रद्द भएका छन् । आनाले ओशाका तथा च्युवु अन्तराष्ट्रिय विमानस्थलमा आउने–जाने आन्तरिक उडानहरु पनि रद्द हुनसक्ने बताएको छ ।

त्यस्तै जापान एयरलाइन्सले हानेदा, ओशाका तथा च्युवु जोड्ने ६ आन्तरिक उडानहरु रद्द गरेको छ भने अन्य पनि रद्द हुनसक्ने बताएको छ ।

अन्य एयरलाइन्सहरुले पनि शनिवार र आइतबार आन्तरिक उडानहरु रद्द हुनसक्ने बताएका छन् ।

शिनकानसेन पनि रोकिन सक्ने

ताइफुका कारण शिनकानसेन बुलेट ट्रेनहरु पनि रोकिने वा थोरै चल्नसक्ने छन् । सेन्ट्रल जापान रेल्वे कम्पनीले टोकियो र शिन–ओशाकावीच चल्ने तोकाइदो शिनकानसेन ट्रेनहरु कम गरिने वा रद्द हुनसक्ने बताएको छ । त्यस्तै सान्यो शिनकानसेन अन्य भन्दा अघि नै रद्द हुनसक्ने बताइएको छ भने ताइफुको असर हेरेर अन्य लाइनहरु पनि रद्द हुनसक्ने बताइएको छ ।

टोकियो इलेक्ट्रिक पावर कम्पनीले टोकियो तथा आसपासका क्षेत्रमा बस्ने सबैलाई विद्युत प्रवाह बन्द भएको खण्डमा बैकल्पिक व्यवस्था गर्न भनेको छ । गत महिना आएको फाक्साई ताइफुका कारण चिवा क्षेत्रमा बिद्युत प्रवाह ठप्प भएको थियो । लामो समय लगाएर पूनः सुचारु गरिएको विद्युत अझैपनि केही घरहरुमा संचालनमा आउन नसकेको बताइएको छ ।

त्यस्तै जापानका प्रमुख टेलिकम कम्पनीहरुले पनि सेवा अवरुद्ध हुनसक्ने भन्दै आवश्यक तयारी गर्न भनेका छन् । उनीहरुले मोवाइल बेस स्टेशन र पावर चार्जका लागि आपतकालिन गाडिहरुको तयारी गरिरहेको बताएका छन् ।

यसअघिका आँघिवेहरीहरुलाई सामान्यतया ‘ताइफु’ भनिनेगरेको भएपनि हगिविसलाई सुपर ताइफुको नाम दिइएको छ । २४ घण्टाभित्र हुने ताइफुको विकासलाई हेरेर कुनैपनि ताइफुलाई सुपर ताइफु मान्ने गरिन्छ ।

साभार : नेपाली इन जापान

Leave a Reply

Scroll to Top
%d bloggers like this: