५ देशिय सिरिज : नेपालको चौथो प्रतिद्वन्दी आयोजक ओमान , ओमान भने बलियो अवस्थामा

ओमानको आयोजनामा हुँदै गरेको ‘५ देशिय क्रिकेट सिरिज’ अन्तर्गत नेपालले आज आफ्नो चौथो एवम अन्तिम खेलमा आयोजक ओमान बिरुद्ध खेल्दैछ |

नेपाललाइ प्रतियोगिताको बिजेता बन्न ओमान बिरुद्ध फराकिलो जित हात पार्नु पर्नेछ भने ओमान भने नेपाल बिरुद्ध जित निकाले मात्र पनि च्याम्पियन हुनेछ |

आफ्नो पहिलो खेलमा नेपालले हङ्गकङ्ग बिरुद्ध ४ विकेटको जित निकालेको थियो भने नेदरल्यान्ड बिरुद्धको दोश्रो खेलमा समेत ४ विकेट कै जित निकालेको थियो | तेश्रो खेलमा टेस्ट रास्ट्र आयरल्यान्ड सङ्ग १३ रनले पराजित भएको थियो |

टि२० बिश्वकप छनोटकै तयारी स्वरुप ओमानको आयोजनामा असोज १८-२३ सम्म आयोजक ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्ड सम्मीलित ५ देशिय क्रिकेट सिरिज हुदैछ |

टिम नेपाल

१. पारस खड्का (कप्तान) २. दिपेन्द्र एरि (उपकप्तान) ३. सोमपाल कामि ४. करन केसी ५. बिनोद भण्डारी ६. ललित राजबंशी ७. पवन सर्राफ ८. सन्दिप जोरा ९. सन्दिप लामिछाने १०. अविनाश बोहरा ११. कुशल मल्ल १२. रोहित पौडेल १३. आरिफ शेख १४. सुशन भारि १५. इशान पाण्डे

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: