करणको नायकत्वमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जित

२० असोज, काठमाडौं । करण केसीको अविस्मरणीय प्रदर्शनको बलमा नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ ।ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स स्तब्ध बनेको हो ।

करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । ओमानमा पाँच देश सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो ।

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले दाेस्राे जित हात पारेकाे छ । हंगकंगलाइ पराजित गर्दै विजयी सुरुवात गरेकाे नेपालले दाेस्राे खेलमा नेदरल्याण्ड्सलाइ ४ विकेटले पराजीत गरेकाे हाे । नेदरल्याण्ड्सले दिएकाे एक सय ३४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर १ बल अघि नै पुरा गरेकाे हाे । नेपालकाे जितमा करन केसीले महत्वपुर्ण पारी खेले ।

करणले पहिलो बलमै स्नेटरबिरुद्ध बिशाल छक्का प्रहार गरे । दोश्रो बल डट गरेपछि करणले तेश्रो बलमा चौका प्रहार गरे । चौथो बलमा छक्का हिर्काएपछि नेपालले स्कोर बराबरी ग¥यो र पाचौं बलमा एक रन लिदै नेपालको जित सुनिश्चित पारे ।

नेपालले १९ दशमलव पाँच ओभरमा ६ विकेटको क्षतिमा १ सय ३४ रन बनायो । बलिङ्गपनि चार विकेट लिएका म्यान अफ द म्याच करणले १४ बलमा नटआउट ३१ रन बनाए । उनले कुल तीन छकका र एक चौका प्रहार गरे ।

नेपालले पहिलो विकेट छैटौं ओभरमा गुमाएपनि नेदरल्याण्ड्सले कसिलो बलिङ्ग गर्दै नेपाललाई दवाबमा राखेको थियो । कप्तान पारस खड्काले ३३ रन बनाए भने बिनोद भण्डारीको २६ रनको योगदान पनि महत्वपूर्ण रह्यो

ओमान क्रिकेट संघका टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टिमले १९ ओभर तीन बलमा एक सय ३३ रनमा अलआउट भयो । नेपालले दोस्रो ओभरमा नै विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । टिमको दोस्रो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै टोबीस भासीलाई आउट गरे ।

त्यसपछि डच टिमको स्कोर ५० रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । नेपालका लागि करण केसीले दोस्रो विकेट लिए । उनले एन्टोनीयो स्टारलाई २१ रनमा आउट गरे ।

तेस्र्र्रो विकेटका लागि म्याक्स डोउड र अकेरम्यान विच ४७ रनको साझेदारी भएको थियो । तर त्यो साझेदारीलाई ललित राजवंशीले तोड्न सफल भए । उनले अकेरम्यानलाई २९ रनमा बोल्ड गरे । जसका कारण नेपालले ९७ रनमा तेस्रो विकेट लिन सफल भयो ।

त्यसको केहि बेरमा नेपालले चौथो विकेट लियो । नेपालका लागि सन्दिप लामिछानेले ब्यक्तिगत दोस्रो विकेट लिए । उनले ओपनर म्याक्सलाई ४३ रनमा आउट गरे । जसका कारण नेदरल्याण्ड्सले एक सय चार रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसको लगत्तै नेपालले पाँचौ विकेट लियो । नेपालका लागि करण केसीले ब्यक्तिगत दोस्रो विकेट लिन सफल भए । कप्तान पिटर सेलार चार रनमा आउट भए ।

नेदरल्याण्ड विरुद्ध नेपाली बलर सन्दिपले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । उसको स्कोर एक सय १८ रन हुँदा सन्दिपले ब्यक्तिगत तेस्रो तथा टिमका लागि छैटौ विकेट लिए । उनले रे भान देर मेर्वीलाई मात्र सात रनमा पेभेलियन फर्काए । सेन स्टानेर खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि काल्सेनलाई करण केसीले चार रनमा रनआउट गरेपनि नेदरल्याण्ड्सले आठौ विकेट लिन सफल भयो ।

अन्ततः नेदरल्याण्ड्स सामान्य स्काेरमा अलआउट भयाे ।
बलिङमा नेपालका लागि सन्दिप लामिछानेले चार ओभरमा २० रन दिएर चार विकेट लिए । उनले एकै ओभरमा दुई विकेट लिदाँ नेदरल्याण्डको रनरेटमा ब्रेक लागेको थियो । यस्तै करण केसीले चार विकेट हात पारे । उनले तीन ओभर २ बलमा मात्र १७ रन खर्चिएर चार विकेट हात पारे ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: