ओमानको आयोजनामा हुँदै गरेको ‘५ देशिय क्रिकेट सिरिज’ अन्तर्गत नेपालले पहिलो खेल आज हङ्गकङ्ग बिरुद्ध खेल्दैछ |
टस हारेर सुरुमा ब्याटिङ गरेको हङ्गकङ्गले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १४३ रन बनाएको छ | निजाकत खानले १३ बलमा २३, केडि साहले ३१ बलमा ३१, बकस बर्कतले ४७ बलमा ३७ रन बनाएका थिए |
नेपालका लागि करण केसिले ४, अबिनास बोहराले १ विकेट लिएका थिए |
टि२० बिश्वकप छनोटकै तयारी स्वरुप ओमानको आयोजनामा असोज १८-२३ सम्म आयोजक ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्ड सम्मीलित ५ देशिय क्रिकेट सिरिज हुदैछ |
ओमानले प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (DRS) लागू हुने र ओमान क्रिकेटको वेबसाइट र युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण भै रहेको आयोजकले जनाएको छ |