दशैँकाे टिकाकाे दिन यी रूटमा नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाण्डौ – नेपाली सेनाले दशैँको टिकाको दिन काठमाण्डौ उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

विजयादशमीको  दिन सार्वजनिक सवारी साधन निकै कम मात्रामा सञ्चालन हुने भएकाले नेपाली सेनाले नागरिकहरुका लागि आवागमनमा सहज होस् भनेर निःशुल्क बस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

नेपाली सेनाले असोज २१ गते टिकाको दिन काठमाण्डौ उपत्यकाभित्र विभिन्न सात ओटा रुटमा विभिन्न समयमा बस सञ्चालन गर्न लागेको हो ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: