मोनाको तेस्रो अधिवेशनबाट अध्यक्षमा जुग्जाली मगर चयन

असोज १६ गते ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितीको नयाँ अध्यक्षमा ओमनारायण जुग्जाली मगर चयन हुनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो महाधिवेशन तथा पाँचौ वाषर््िाक साधारणसभाबाट जुग्जाली मगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिम पुर्जा ,उपाध्यक्षमा अमर छन्त्याल, सुर्य भट्टचन , राम खड्का ,महिला उपाध्यक्षमा पुर्णिमा पाइजा (आशा ) , महासचिवमा विक्रम कार्की ,सचिवमा रमेश पौडेल ( कतार ), हरि राम्जाली अष्ट्रेलिया ,कोषाध्यक्षमा मुक्ती रोका , सहकोषाध्यक्षमा महेन्द्र खड्का , महिला संयोजकमा नन्दकली थापा मगर (अनुशा ),सहसंयोजकमा विष्णु बानियाँ , एसिया प्यासिफिक संयोजकमा महेन्द्र बानियाँ ,युरोप संयोजकमा निरोज कार्की ,सहसंयोजकमा नैना तिलिजा चयन हुनुभएको निर्वाचन मण्डल संयोजक सुदर्शनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रिक्त अन्य पदमा नयाँ कार्यसमितिको पहिलो बैठकले चयन गर्ने बताइएको छ । नयाँ कार्यसमितिका अध्यक्ष जुग्जाली मगरले अध्यक्षमा चयन गरेकोमा सबैलाई धन्यवाद तथा आभार प्रकट गर्नुहुँदै प्रवासमा रहेका म्याग्देलीहरुको हकहित र अधिकारको पक्षमा काम गर्ने बताउनुभयो । मोनाको अन्य देशमा सांगठनिक विस्तारलाई तिब्रता दिइने प्रतिबद्धता व्यक्त गुर्नभयो ।

जिल्लाको आर्थिक ,सामाजिक ,शैक्षिक ,स्वास्थ्य तथा मानविय सेवाको कामलाई निरन्तरता दिने र प्रवासमा पसिनाबाट कमाएको पुँजी जिल्लाको विकासमा लगानी भित्र्याउन पहलन गर्ने बताउनुभयो ।
‘मलाई अध्यक्षमा चयन गर्नुभएकोमा सबै प्रति हार्दिक आभार प्रकटज्ञ व्यक्त गर्दछु । प्रवासी म्याग्दी वासीहरुको हकहित र अधिकारको पक्षमा काम गर्नेछु’ उहाँले भन्नुभयो । ‘सबैको सल्लाह र सहकार्यमा जिल्लाको आर्थिक ,सामाजिक ,स्वास्थ्य ,शिक्षा तथा मानविय सेवामा केन्द्रीत भएर लाग्नेछु । ’

नयाँ कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै निवर्तमान अध्यक्ष चक्रबहादुर थापाले मोना नितान्त सामाजिक सेवामुलक संस्था भएकाले जिल्लाको सामाजिक विकासमा सबैलाई समेतिएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । साथै प्रवासी म्याग्दीहरुको हकहित र अधिकारका लागि सबैको सल्लाह र सहकार्यमा अगाडी बढ्न आग्रह गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: