पत्रकार महासंघ जापानको चौंथो अधिबेशन सम्पन्न,अध्यक्षमा पुन: घले

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन टोकियोमा सम्पन्न भएको छ ।
अधिबेशनले पुन:मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा पूर्ण चलाऊने तथा समाबेशी उपाध्यक्षमा कुमार मोक्तान चयन हुनुभएको छ भने सचिबमा शान्तकुमार पहरी तथा सह-सचिबमा अर्जुन लामिछाने र इन्दिरा खनाल र कोषाध्यक्षमा आनन्द कोइराला निर्बिरोध हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा दीपक गौतम, विश्वाश आचार्य, सजिना मोक्तान, राजन गौतम, लक्ष्मी पौडेल ,कृष्ण अधिकारी ,सागर देबकोटा र राम तामाङ चयन हुनुभएको छ ।

दुई चरणमा सम्पन्न अधिवेशनको बन्दसत्रमा सहसचिब कुमार मोक्तानले संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष राजविन थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको थियो ।

घोषणा सभामा महासंघका केन्द्रिय महासचिब रमेश बिष्टले अबको समाचार खोजमुलक र समुदायको आवाजको प्रतिनिधित्व गर्ने हुनुपर्नेमा जोड दिंदै समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य रहेको बताउनुभएको थियो ।
संचार गृह र संचारकर्मिहरुलाई राज्यले उपेक्षा गर्न खोजे पनि धैर्यता गर्न भने छोड्न नहूनेमा जोड दिनुभएको थियो ।

घोषणा सभामा समितिको घोषणा निर्वाचन समितिका सदस्य चन्द्र खनालले गर्नुभएको थियो भने निर्वाचन अधिकृत पवन बर्षा साहको अध्यक्षता तथा मोहन घलेको प्रतिबद्धता मन्तब्य र राजन गौतमको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जापान स्थित नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले समेत मन्तब्य राखेका थिए ।
पत्रकार महासंघ जापान शाखाले पूर्व निर्धारित कार्यतालिकामा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई विशेष निमन्त्रणा गरेको भएपनि उहाँको बुवाको असमायिक निधनका कारण अध्यक्ष ज्यूको अनुरोधमा महासंघका महासचिव रमेश विष्ट सहभागी। भएका थिए।

केन्द्रीय महासचिव तथा जापान अधिवेशनको केन्द्रीय प्रतिनिधि रमेश बिष्टकाे एक हप्ता पछि नेपाल स्थित जापान दूताबासले प्रदान गरेको कारण निर्धारण गरिएको मिति गत २२ सेप्टेम्वर भन्दा एक हप्ता पछि सार्नुपरेकाे पत्रकार महासंघ जापानले जनाएकाे छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: