ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौं लगियो

चितवन, असोज ११–

नेकपाका कार्यकर्ताको कुटाइबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा लगिएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

शाहीलाई यति एयरलाइन्स मार्फत अपरान्ह ३ः४० बजेका फ्लाईट मार्फत काठमाडौं लागिएको हो । शाहीलाई आज दिउँसो भरतपुरमा नेकपाका कार्यकर्ताले कुटपिट गरेका थिए ।

नारायणी अनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: