सफल व्यबसायी महेशकुमार श्रेष्ठको एनआरएन कोषाध्यक्षमा उम्मेदवारी

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रिय कोषाध्यक्ष पदमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। बिगत लामो समयदेखि एनआरएनए अभियान संलग्न हुँदै आएका श्रेष्ठले आफ्नो अनुभव,क्षमता,दक्षता र योग्यतालाई एन आर एन ए अभियान मार्फत् समग्र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहेको बताएका छन्।

हाईड्रो,बैंकिंग,रेमिट्यान्स,आधुनिक कृषि,आईटी,इन्सुरेन्स,आयात निर्यात,भौतिक पूर्वधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही नेपालमा लगानी भित्र्याउन उदाहरण बनेका श्रेष्ठले आफ्नो व्यवसायिक अनुभवका आधारमा कोषाध्यक्ष पदलाई न्याय गर्नसक्ने दाबी गरेका छन्।

एक बिज्ञप्ति मार्फत श्रेष्ठले गैर आवासीय श्रमिक कल्याण कोष,आर्थिक स्थायित्व,मितव्ययिता,पारदर्शिता र जवाफदेहितालाई मुख्य मुद्दाका रूपमा अगाडि सारेका छन्।

हाल एनआरएनए आईसीसी सदस्य रहेका श्रेष्ठ नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन्।

श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने स्पष्ट योजना बनाएका छन्। उनले उक्त कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने योजना सहितको कार्ययोजना तर्जुमा गरेका छन्। संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्स मार्फत नेपाल भित्रिने गरेको र नेपाल राष्ट्रबैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गरिएकोमा उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८ करोड रुपैया जम्मा गर्न सकिन्छ भन्ने उनको आँकलन छ।

पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिक सम्मको अध्ययन सकेका उनी समाजशास्त्रमा स्नाकोत्तर हुन्। उनले जापानको ग्लोबिस विश्वविधालय बाट व्यवस्थापनमा स्नातकोत्तर को अध्ययन पनि गरेका छन्। यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्व विद्यालयमा पीएचडी हासिल गर्नेक्रममा रहेका छन्।

नागरिक न्यूज़

Leave a Reply

Scroll to Top
%d bloggers like this: