खड्ग गर्बुजाको गाउँ मराङको चिनारी गीतको भिडियो सार्वजनिक (भिडीयो सहित)

वरिष्ट लोकगायक खड्ग गर्बुजाको जन्मगाउँ मराङको “जहाँ म जन्मे” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । धौलागिरी गाउँपालिका वडा नंं ६ मा पर्ने मराङ गाउँको विभिन्न स्थलहरु समेटेर तयार पारिएको म्युजिक भिडियो बुढा सुब्बा डिजिटलबाट मंगलबार सार्वजनिक गरिएको चक्र पुनले जानकारी दिनु भयो । उक्त म्युजिक भिडियोमा खड्क गर्बुजा र मिना सिंह बुढाले आवाज दिएका छन् भन शब्द तथा संगीत स्वयम् गर्बुजाको रहेको छ । आफू जन्मेको ठाउँलाई चिनाउन र मराङमा भएका ऐतिहासिक, पर्यटकीय तथा साँस्कृतिक क्षेत्रहरुको गीत र भिडियो मार्फत प्रचार प्रसार र संरक्षण गर्ने उद्देश्यले उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको गायक गर्बुजाले बताए ।

उक्त भिडियोलाई निर्देशन मराङमै जन्मिएर भिडियो तथा डकुमेन्ट्रीको क्षेत्रमा काम गर्दै आएका डिके पुनले गरेका छन् । त्यसैगरी छमछम सिजन ३ का उपविजेता शेखर घर्तिमगर र चर्चित मोडल रिना थापा मगर र मालिका डान्स आईडलका विजेता मिना पुन, स्थानीय कलाकार फुलु पुन, मिलन जुग्जाली, राजेश तामाल लगायतले अभिनय गरेका छन् । म्युजिक भिडियाकोे छायाङ्कन सन्तोष पिठाकोटे मगर, सम्पादन छवि राना मगर र कोरियो ग्राफि लप्सन गुरुङले गरेका छन् । उक्त भिडियो निर्माण गर्नका लागि व्यवस्थापन बाहेक ३ लाख २ हजार खर्च लागेको निर्माण संयोजक लोकप्रसाद पुनले बताउनु भयो । धवलागिरी गाउँपालिकाको २ लाख सहयोग र अन्य विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरी निर्माण गरिएको हा । मराङ बृत्तचित्र तथा भिडियो निर्माण समितिले उक्त भिडियो निर्माण गरेको हो । साथै गाउँको ऐतिहासिक, साँस्कृतिक लगायतका पक्षहरु समेटेर तयार गरिएको बृत्त चित्र समेत निर्माणको क्रममा रहेको मराङ बृत्तचित्र तथा भिडियो निर्माण समितिले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: