चितवनको प्रेरणा स्कुलका छात्र दिवस ढुंगानाले कक्षा ११ मा नेपाल टप गरेको दाबी

राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ को वार्षिक परीक्षामा प्रेरणा सेकेण्डरी स्कुलमा हाल कक्षा १२ मा अध्ययनरत भरतपुर १२ निवासी छात्र दिवस ढुगांनाले ३.९३ जिपिए ल्याएर नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ ।

विज्ञान संकाय स्कुलका मेघावी छात्र ढुगांनाले कक्षा ११ को वार्षिक परीक्षामा सो जिपिए ल्याएर नेपाल प्रथम भएको प्रिन्सीपल मोहन लामाले जानकारी दिए । उनले अङग्रेजी बाहेक सबै विषयमा ए पल्स अंक ल्याएका छन ।

दिवस ढुगांना प्रेरणा सेकेण्डरी स्कुलकै उत्पादन मेधावी छात्र हुन । उनले SEE परिक्षा पनि प्रेरणा सेकेण्डरी स्कुल बाटै दिएका थिए । अन्य विधार्थीकाे पनि अंक उत्कृष्ट रकेकाे प्रिन्सिपल लामाले जानकारी दिनु भएकाे छ ।

भरतपुर १२ मा रहेको प्रेरणा सेकेण्डरी स्कुल विगत ३० बर्ष देखि उत्कृष्ट शिक्षाका लागि चितवनमा अलग पहिचान छ । स्कुलबाट कक्षाको परिक्षामा १ सय ७४ जना विद्यार्थीहरु सामेल थिए ।

कालिका न्यूज

Leave a Reply

Scroll to Top
%d bloggers like this: