कोटखोलामा आएको वाढीले बगरफाँटमा क्षति

शनिवार राती आएको भिषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले बुद्ध एकेडेमी र चार घरमा    पु¥याएको छ । बाढीले दुइघर बगाएको छ । भने बाढीले घर बगाउँदा दुइ बच्चा वेपत्ता छन् । राती नै प्रहरी र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए ।

खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

बाढीको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारका लागि राती नै घटनास्थलमा पुगेको र उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले जानकारी दिनुभयो । बाढीमा परेर दुइजना बच्चाहरु हराइरहेका हुनाले उनीहरुको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

् साथै बुद्ध एकेडेमीको खेल मैदानमा बाढी पसेको र बिध्यालयको सबै कोठाहरु बन्द भयका कारण पानी बग्न नपार्इ बुद्ध एकेडेमीका १ पक्की सहित ४ वटा भवनहरु मध्ये २ वटा कच्ची ब्लकका कक्षाकोठा हरुमा क्षति पुगेको विद्यालयका प्रबन्धक निर्देशक राजकुमार थापाले बताउनुभयो ।

उहाँका अनुसार एक घर बगाउदा भाग्ने बेलामा २ छोरिहरु ५ र १० बर्षका हराएका छ्न । हराएकाहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

रातको समयमा भिषण बर्षा भएको र खोलाले धार परिबर्तन गरि आएको हुनाले अकल्पनीय हिसाबले क्षति भएको भएको थापाले बताउनुभयो । राहत र उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी,स्थानीय प्रशासन र सर्वसाधरणहरु पुगेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: