पटिहानीका २२ परिवारलाई आवास हस्तान्तरण, जनचाहना अनुसार विकास अघि बढ्छः मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिका तथा जनता सहकारी विकास कार्यालय भरतपुरले वडा नं. २२ का स्थानिय बासिन्दालाई आवास हस्तान्तरण गरेको छ । महानगरले पटिहानीमा अवस्थित बोटे समुदायका २२ परिवारलाई आज एक कार्यक्रमका विचमा कंक्रिट घर हस्तान्तरण गरेको हो । आवस निर्माणका लागी महानगरले एक घर बराबर ५० हजार गरी ११ लाख सहयोग गरेको थियो भने बाँकी रकम स्वयं परिवारले नै व्यहोरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जनताको चाहाना अनुसार विकासले फड्को मार्दै गएको बताउनुभएको छ । उहाँले जनचाहना पूरा गर्ने गरी महानगरपालिका खटिएको बताउनुभएको थियो । प्रमुख अतिथी समेत रहनुभएका दाहालले पटिहानी क्षेत्र सरकारले घोषणा गरेको सय गन्तव्य भित्र पनि परेकाले पर्यटकीय कार्यक्रम अगाडि सारिएको जानकारी दिनुभयो ।

प्रमुख दाहालले अहिले संघीयताप्रति अनावश्यक टिप्पणी हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ कसै कसैले भनेको मैले सुनेको छु, संघीयता काम छैन, काम भएन, खर्चिलो भयो, धान्न सकिएन । तर म भन्न चाहान्छु आउनुस् भरतपुर हेर्नुहोस् संघीयताको कार्यान्वयन कसरी भईरहेको छ ।” प्रकृयागत रूपमा अझै पनि काम गर्न असहज भएको उहाँको भनाई थियोे ।

यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीले विकास निर्माणकार्यमा महानगर तिब्रताका साथ लागेको जानकारी दिनुभयो । बजेट विनियोजनका हिसाबले सबै क्षेत्रलाई समेट्न समस्या भए पनि अप्ठेरो स्थिति नआएको उहाँले बताउनुभएको छ । कार्यक्रममा भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महत्तोले वडाको अवस्थाबारे जानकारी दिनुभएको थियोे । अध्यक्ष महत्तोले वडामा आएका योजनाले स्थानियमा खुसि छाएको बताउनुभयो । उहाँले सडक निर्माणमा वडाको आधा रकम छुट्टयाइएको बताउनुभएको थियो ।

सोही कार्यक्रम पश्चात मेयर रेनु दाहालले शौचालय र समाज सेवा क्लब पटिहानीको आयोजनामा भएको खेलकुद खुल्ला फुटबल प्रतियोगिताको समेत उद्घाटन गर्नुभएको थियो । सँगै पदमपाेखरीमा अबस्थित कालाेपत्रे सडकको पनि उद्घाटन भएको छ ।

कालिका न्यूज

Leave a Reply

Scroll to Top
%d bloggers like this: