जापानमा आइफोन ११ सार्वजनिक

टोकियो । अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल इङ्कले शुक्रवार आफ्नो आइफोनको ११ औं सिरिज जापानमा सार्वजनिक गरेको छ । चीन र दक्षिण कोरियालगायतका अन्य प्रमुख मोबाइल उत्पादकबाट प्रतिस्पर्धा बढीरहेको समयमा एप्पलले आइफोन ११ सार्वजनिक गरेर मोबाइल बजारमा नयाँ प्रतिस्पर्धालाई जन्माएको विश्लेषण गरिएको छ ।

सार्वजनिक भएलगत्तै सेण्ट्रल टोकियोस्थित एप्पल स्टोरमा आइफोन ११ प्रो र आइफोन प्रो म्याक्स लिने उपभोक्ताको ठूलो भीड लागेको थियो । यी दुई हाइ एण्ड मोडलमा नयाँ क्यामरा सिष्टम रहेको र मूल्य पनि सस्तो रहेको  छ ।

जापान एप्पलको महत्वपूर्ण बजारमध्येको एक हो । आर्थिक वर्ष २०१८ मा जापानमा विक्री भएका हयाण्डसेटमा एप्पलको हिस्सा ४९ दशमलव ६ प्रतिशत रहेको एमएम अनुसन्धान संस्थाले बताएको छ ।

आइफोन ११ प्रो र आइफोन प्रो म्याक्स चार ओटा रंगमा उपलब्ध छ । यसमा क्रमशः ५ दशमलव ८ र साढे ६ इञ्चको अग्र्यानिक लाइट उत्सर्जन गर्ने डियोड डिस्प्ले रहेको छ । यी दुईको मूल्य क्रमशः १ लाख ६ हजार ८ सय येन र १ लाख १९ हजार ८ सय येन तोकिएको छ ।

स्टयाण्डर्ड आइफोन ११ हरियो र वैजनी लगायत ६ ओटा रंगमा उपलब्ध छ भने ६ दशमलव १ इञ्च लिक्विड क्रिस्ष्टल डिस्प्ले र पछाडिपट्टी दुइओटा क्यामरा पनि रहेको छ । यस मोडलको मूल्य ७४ हजार ८ सय येन तोकिएको छ । एप्पलले ४८ हजार ८ सय येन देखि शुरु हुने एप्पल वाच सिरिज पनि सार्वजनिक गरेको छ ।

एप्पलको नयाँ आइप्याड ट्याब्लेट सेप्टेम्बर ३० देखि विक्रिमा राखिने भएको छ । एजेन्सी

Source : Nepali In Japan

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: