‘आइफा अवार्ड’मा आलिया र रणवीर उत्कृष्ट

नेपाल आयोजना हुने चर्चा चलेसँगै आइफा अवार्डको चर्को विरोध भयो । सन् २०२० को पर्यटन बर्ष सफल बनाउन यो अवार्डको भूमिका ठूलो रहने सरकारी ठहर थियो । तर, नेपालमा चर्को विरोध भएपछि ‘आइफा अवार्ड’ भारत नै फर्किएको थियो ।

यो अवार्ड बुधबार बेलुकी भारतमा आयोजना भएको छ । बलिउडका नाम सुनिएका कलाकारहरुको उपस्थितीमा अवार्ड आयोजना भयो । आइफाको २० औं संकरणमा आलिया भट्टले चलचित्र ‘राजी’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । यस्तै, उत्कृष्ट नायकको अवार्ड ‘पद्यमावत’बाट रणवीर सिंहले जिते ।

अवार्डमा ‘राजी’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । श्रीराम राघवनले चलचित्र ‘अन्धाधुन’बाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, चलचित्र ‘पद्यमावत’बाट नायिका अदिति राव हैदरीले ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जित्दा विक्की कौशलले चलचित्र ‘सन्जु’बाट ‘उत्कृष्ट सह–नायक’को अवार्ड जितेका छन् ।

साराअली खानले ‘केदारनाथ’ चलचित्रबाट नव–नायिकाको अवार्ड जित्दा इशान खट्टरले चलचित्र ‘धडक’बाट नव–नायकको अवार्ड जिते । उत्कृष्ट कथाको अवार्ड ‘अन्धाधुन’ चलचित्रका लागि श्रीराम राघवन, पूजा लोधा श्रुती, अरिजित विश्वास, योगेश चन्देकर र हेमन्त रावले जितेका छन् ।

अवार्ड समारोहमा अन्य विभिन्न नाममा पनि अवार्ड वितरण गरिएको थियो । ‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायिका’को अवार्ड दीपिका पादुकोणले जित्दा नायक रणवीर कपुरले ‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायक’को अवार्ड जिेत ।

पछिल्लो २० बर्षकै उत्कृष्ट चलचित्रको अवार्ड ‘कहोना प्यार हे’ जित्दा राजकुमार हिरानीले ‘पछिल्लो २० बर्षकै उत्कृष्ट निर्देशक’को अवार्ड जिते । पछिल्लो २० बर्षकै उत्कृष्ट संगीतको अवार्ड भने प्रितमले जितेका छन् । अवार्ड समारोहमा नायक सलमान खान, रणवीर सिंह, आयुष्मान खुराना, साहिद कपुर, नायिका दीपिका पादुकोण, आलिया भट्ट लगायतको उपस्थिती थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: