५६ जिल्लामा फैलिएको डेंगु रोगबाट म्याग्दीपनि जोखिममा

५६ जिल्लामा फैलिएको डेंगु रोगबाट म्याग्दीपनि जोखिममा परेको छ । विभिन्न ठाउँमा महामारीको रुपमा फैलिएको डेंगुको संक्रमण लामखुट्टेका टोकाइबाट सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।म्याग्दीमा पनि अहिलेसम्म ३ जनामा डेंगुको संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २ जनाको बेनी अस्पतालमा र १ जनालाई थप उपचारको पोखरा पठाइएको थियो । संक्रमण देखिएकाहरु उपचार गरि घर फर्किएको र अस्पतालमा आउने विरामीहरुमध्ये डेंगुको लक्षण देखिएकाहरुमा डेंगु परिक्षण गर्ने गरिएको बेनी अस्पतालका प्रमुख डाक्टर मनोज घिमिरेले बताए ।


उनका अनुसार, म्याग्दी डेंगु देखिएकाले उच्च सतर्ककता नपनाउनुपर्ने भएपनि त्रसित हुनुपर्ने अबस्था नरहेको बताए । ‘‘ यो लामखुट्टेको टोकाइबाट भाइरसबाट सर्ने रोग हो, लामखुट्टेबाट जोगिन सक्यौँ भने सम्भावित संक्रमणबाट सुरक्षित रहन सकिन्छ, यसका लक्षण देखिएमा सुरुत्न अस्पतालमा पुगेर उपचार गर्नुपर्छ’’–उनले भने ।
बेनी अस्पताले समेत डेंगु रोगबाट सजक र सर्तकता अपनाउन आग्रह गरेको छ। यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले सवारी साधनमा प्रयोग गर्ने टायर, जथाभावी फाल्ने फोहर, पानी जमेको ठाउँ, लामखुट्टेले अण्डा पार्ने घरवरपरको खाल्डाखुल्डीहरुमा लामखुट्टे रहन भएकाले सरसफाईमा बिषेश ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । घरको छतको ट्याङ्की, बाटा, बाल्टिन, गमलामा पानी राखिने हुँदा लामखुट्टेले खुला राखिएको पानीमा अण्डा पार्दा डेङ्गुको समस्या देखिन सक्ने भएकलो सरसफाई र सजक रहनुपर्ने डाक्टर घिमिरेको भनाई छ ।

उच्च ज्वरो आउनु, टाउको दुख्नु, पेट दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी दुख्नु, जीउ, जोर्नी दुख्नु, उच्च ज्वरो आएको ३, ४ दिनपछि रातोरातो बिमिरा आउनु लगायतका लक्षण डेंगुको संक्रमण हुनसक्ने भएकाले यस्ता समस्या देखिए तुरुन्त अस्पतालमा डाक्टरको सम्पर्कमा आउन आग्रह गरिएको छ । दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पूरै ढाक्ने कपडा लगाउने, दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने, बालबालिकालाई सुताउँदा पनि झुलभित्रै सुताउने, लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम लगाउने, घरका झ्यालढोकामा जाली लगाउन र घर वरपर सफा राख्नको लागि आग्रह गरिउको छ ।

डुङ्गु रोगबाट बच्न म्याग्दीमा लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान पनि सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र स्थानीय तहको साझेदारीमा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरि नष्ट र जनचेतना अभिवृद्धीको कार्यक्रम सुरु गरेका हुन् ।
बेनी नगरपालिकाको संयोजनमा बेनी बजारका जोखिमयुक्त ठाउँको सरसफाई र घरदैलो गरिएको थियो । बजारबासीहरुलाई डेङ्गुबाट बच्न सतर्कता अपनाउन अनुरोधका साथै पानी जम्ने गरि खुल्ला ठाउँमा राखिएका टायर हटाउन लगाईएको छ ।एडिस जातको पोथी लामखुट्टेले एक बाट अर्को व्यक्तिलाई डेङ्गु सार्ने गर्छ । दिउँसोमा सक्रिय हुने यो लामखुट्ट सफा पानी जमेको ठाउँमा बस्ने र फुल पार्ने गर्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: