दुवै मृगौला काम नगरेपछि जीवन मरणको दोसाँधमा

बैदेशिक रोजगारीबाट रित्तै फर्किएका बेनी नगरपालिका ९ तोरिपानीका इन्द्रबहादुर बानियाँलाई श्रीमति, एक छोरा र एक छोरीको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी । अत्यन्त कमजोर आर्थिक अवस्था । त्यसमाथि पनि दुवै मृगौलाले काम नगरेपछि अस्पतालको बेडमा उपचार गर्ने खर्चको अभावमा बनस्थली किड्नी सेन्टरको बेडमा छट्पटाइ रहेका छन् ।

घरको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा आर्थिक अभाव भएपछि बानियाँले सहयोगको याचना गरेका स्थानीय रेशम राईले बताए । उनका अनुसार आफन्तको मृगौला म्याच नभए दाताको खोजीमा एउटा मृगौला फेर्नका लागि २० देखि ४५ लाख रुपैयाँसम्म खर्च लाग्ने भएपछि आर्थिक अपिल गरिएको राईले बताए ।

उनका अनुसार दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेपछि सिकिस्त भएका थिए । ‘घरको आर्थिक अवस्थाले उपचार हुन सक्ने अवस्था छैन,त्यसैले हामी गाउँले मिलेर सहयोग जुटाउने अभियानमा लागेका छौं,मनकारी व्यक्तिहरुलाई बानियाँको जीवन बचाउने अभियानमा सहयोग गर्न हार्दिक आग्रह गर्दछौं अभियानका सदस्य राईले भने । जीवन मरणको दोसाँधमा पुगेका बानियाँको  उपचारका लागि यथासक्य सहयोग गर्न तोरिपानी बासीले समेत अनुरोध गरेका छन् ।

म्याग्दीकाली डटकम

Leave a Reply

Scroll to Top
%d bloggers like this: