विगतका नेपाल सुन्दरीभन्दा फरक छिन् शृङ्खला

अहिले सान्या, चीनमा भईरहेको मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला खतिवडा हालसम्म सहभागी नेपाली सुन्दरीहरुकाे दाँजोमा सफल देखिएकी छन् ।यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीहरुभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै ईतिहासमा उनले जारी मिस वल्र्ड प्रतियोगितामा विभिन्न मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छिन् ।

मल्टिमिडिया विधामा उनले जापान, रुस, केन्या, मेक्सिकोजस्ता धेरै देशका सुन्दरीलाई पछाडि पारेकी थिईन् । यस्तै डिसेम्बर ३ तारिख् अर्थात यहि सोमबारकै दिन साँझ आयोजित मिस वल्र्डको अर्को विधा व्युटी विथ ए पर्पोजका लागि सिङ्गापुर, जापान र ईटाली, रुसलगायत दर्जनौँ मुलुकका सुन्दरीहरुका दाँजोमा उनको प्रस्तुती अब्बल भएकै कारण उनी यस विद्याको बिजेताको हकदार भईन् ।

यिनै विद्याका विजेताका रुपमा शृङ्खला मिस वल्र्डको टप ३० मा स्थान बनाउन सपल भईन् । ब्युटी विथ ए पर्पोजका लागि उनले आफ्नो गृहजिल्ला वृत्तचित्र प्रस्तुत गरेकी थिईन् । याे खबर अाजकाे गाेरखापत्रमा छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: