डेंगुबाट सबैभन्दा बढि प्रभावित जिल्ला चितवन

देशभर डेंगुको त्रास फैलिरहेको बेला डेंगुबाट प्रदेश नम्बर ३ सबैभन्दा बढि प्रभावित भएको बताईएको छ । आज बिहिबार स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै डेंगुबाट सबैभन्दा बढि प्रदेश ३ प्रभावित भएको बताएको हो । महाशाखाका अनुसार जिल्लामाभने चितवन सबैभन्दा बढि प्रभावित भएको जनाएको छ ।

यसैगरी दोस्रोमा मकवानपुर र तेस्रोमा कास्की जिल्ला डेंगुबाट सबै भन्दा बढि प्रभावित भएको जनाएको छ । महाशाखाका निर्देशक डाक्टर बिबेक कुमार लालका अनुसार रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने तर आफु खुसी औषधी नखान उनले आग्रह गरेका छन् । उनले डेंगु नियन्त्रणका लागि विभाग तथा सम्बन्धित निकायहरुले सबै सम्बन्धित निकायसंग समन्वय गरि लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम चलिरहेको छ ।

उनले डेंगु नियन्त्रण र निर्मुल पार्ने काम सरकारले मात्र गर्न नसक्ने बताए । यो रोग खोप तथा औषधीबाट निर्मुल पार्न नसकिने हुँदा सरकारलाई मात्र दोष नदिई  घरको सरसफाईमा सबैभन्दा बढि ध्यान दिनु पर्ने बताए । यसका लागि सबै मानिसहरु पनि सजग हुनु पर्ने उनको भनाई छ । डाक्टर लालका अनुसार हालसम्म देशभर ८ हजार ९० जना डेंगुबाट संक्रमित भईसकेका छन् ।

कालिका न्यूज़

Leave a Reply

Scroll to Top
%d bloggers like this: