‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करणको घोषणा

गतबर्ष जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण पनि जापानमा नै हुने भएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम गर्दै आयोजक सूर्य कर्पोरेसन लिमिटेडले ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ को घोषणा गरेको हो ।

अभिनय, गायन, नृत्य र हाँस्य विधामा रहेर अवार्ड आयोजना गरिने आयोजकले जनाएको छ । अवार्ड समारोह आउँदो नोभेम्बर २४ मा जापानको टोकियोमा हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ सङ्गीतका विधालाई समेटिएको छ ।

केही दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो ।

अवार्डमा गतवर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका चलचित्र तथा गीतसङ्गीतले सहभागिता जनाउन पाउँनेछन् । अवार्ड समारोहमा दुई दशक लामो चलचित्र यात्रा तय गरेका एक चलचित्रकर्मीलाई लाइफटार्इम एचिभमेन्ट अवार्ड, एक दशक लामो चलचित्र यात्रा तय गरेका चलचित्रकर्मीलाई चलचित्रकर्मी सम्मान, एक पत्रकारलाई चलचित्र पत्रकारिता सम्मान पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई, चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता सङ्घका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, गायक रामकृष्ण ढकाल, अभिनेत्री श्वेता खड्का, गायक हेमन्त शर्मा, अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, गायक कमल खत्री, अभिनेता प्रशान्त ताम्राकार, गायक युवराज चौलागाईं, गायिका मिलन अमात्य र एञ्जिला रेग्मी, गायक हेमन मोक्तान, निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: