सात करोडको लगानीमा भरतपुरमा खुल्यो मुनस्टार होटल, जापानको अनुभव नेपालमा प्रयोग

चितवन,भदौं २४-

भरतपुरको हाकिमचोकस्थित बोस्टन रोडमा होटल मुन स्टार सञ्चालनमा आएको छ । जापानमा लामो समय होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दै आउनु भएका रामप्रसाद गैरेले यहाँ होटल सञ्चालन गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. ९ स्थित बोस्टन रोडमा सञ्चालनमा आएको उक्त होटलमा १५ कोठामा २५ जनालाई आरामदायी बासको व्यवस्था रहेको छ । सुविधासम्पन्न कोठाको प्रतिरात नास्ता (ब्रेकफास्ट) सहित न्यूनतम दुई हजारदेखि तीन हजार रुपैयाँ शुल्क पर्ने उनले जानकारी दिए ।

जापानमा विगत १३ वर्षदेखि रेष्टुरेण्ट सञ्चालन गर्दै आएका गैंरेले होटलसँग रेष्टुरेण्ट पनि सञ्चालन गरेका हुन् । दुई कठ्ठा क्षेत्रफलमा बनेको उक्त होटलमा पर्याप्त पार्किङको व्यवस्था हुनुका साथै मिटिङ र १५० जना क्षमताको सेमिनार हलको समेत व्यवस्था रहेको छ ।

गैरेका अनुसार होटलमा हाल २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जापानमा नौ वटा रेष्टुरेण्ट सञ्चालन गरेको बताउँदै उनले नेपालको पहिलो र आफ्नो जीवनको दशौं होटल तथा रेष्टुरेण्ट मुनस्टार भएको बताए ।

होटलमा फाईभस्टार होटलमा काम गरिसकेका सेफ रहेको बताउँदै उनले नेपाली, इण्डियन, चाईनिज, कन्टिनेश्टलका साथै जापानिज खानाका परिकार पाईने बताए । होटलसँगै रेष्टुरेण्ट एण्ड बार पनि सञ्चालन रहेको छ । जहाँ स्वादका पारखिहरुका लागि विभिन्न परिकारहरु पाईन्छन् ।

नारायणीअनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: