विश्वकप छनौटमा नेपालको पहिलो जित, अन्जन बने नायक

काठमाडौं  । फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ नेपालले मंगलबार पहिलो जित दर्ता गरेको छ । ताइपेई स्टेडियममा भएको समूह बी तर्फको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरमा २–० ले हरायो ।

नेपालको जितमा दुवै गोल अन्जन बिष्टले गरे । बिष्टले पहिलो हाफतर्फ तेस्रो मिनटमै गोलको खाता खोलेका थिए भने दोस्रो गोल ६३औं मिनटमा उत्कृष्ट रुपमा गर्दै नेपालको महत्वपूर्ण जित पक्का गरेका थिए ।

आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० को लज्जाजनक हार बेहोरेको नेपालले यो जितसँगै अंकतालिकामा महत्वपूर्ण ३ अंक पनि जोडेको छ । उता आफ्नो पहिलो खेलमा जोर्डनसँग २–१ ले हारेको ताइपेई भने घरेलु मैदानमै फेरि स्तब्ध हुन पुगेको छ ।

विश्वकप छनौटतर्फ नेपालले आफ्नो दोस्रो खेल अक्टुबर १० तारीखका दिन दावेदार अष्ट्रेलियासँग खेल्नेछ । छनौट प्रतियोगितातर्फ समूह बी मा नेपालले अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिजत ताइपेई विरुद्ध होम एण्ड अवे म्याच खेल्ने कार्यक्रम छ ।

खेलदैनिक

Leave a Reply

Scroll to Top
%d bloggers like this: