ओलीले काठमाडौं र मोदीले दिल्लीमा थिचे स्विच, अमलेखगञ्जमा झर्‍यो डिजेल

नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नै निवासबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्।

मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे भने ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गरे। यसरी रिसिभ भएको डिजल अमलेखगञ्जमा इन्डियन आयल कर्पोरेशनका प्रतिनिधिले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई दिए।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम बनाइएको छ। पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २४ घण्टासम्म सञ्चालन हुन सक्ने छ।

प्रति घन्टा २९४ किलोलिटर तेल पाइपबाट आउँछ। पाइपलाइनबाट आएको तेल आजैबाट बजारमा पठाइने आयल निगमले जानकारी दिएको छ। तेल शुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ।

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्।

Leave a Reply

Scroll to Top
%d bloggers like this: