अन्तर्राष्ट्रिय टि-२० करियरमै सन्दिपको सबैभन्दा कम ओभर बलिंग, कारण यस्तो

वेस्टइन्डिजमा जारि क्यारेबियन प्रिमियर लिग अन्तर्गत सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम बार्बाडोस ट्रिडेन्ट्सले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ। गुएना एमजोन वारियर्सले बर्बाडोसलाई ४७ रनले पराजित गर्दै लगातार तेश्रो जित दर्ता गर्यो।

खेलमा टस हारेर ब्याटिंग गरेको गुएनाले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा बार्बाडोसले १६.४ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो।

गुएनाको ब्याटिंगमा चन्द्रपौल हेमराजले सर्वाधिक ६३ ( ५५ बलमा ६ चौका र ३ छक्का ) तथा निकोलस पुरनले अविजित ६१ रन बनाए। पुरनले विस्फोटक इनिंग खेल्ने क्रममा ३० बलमा ५ छक्का र ३ चौका प्रहार गरे। यस्तै शर्फेन रुथरफोर्डले अविजित ३२ रन बनाउन १४ बलमा ४ छक्का प्रहार गरे। १५.१ ओभरमा १०२/४ को अवस्थामा रहेको बेला पुरन र रुथरफोर्डले पाँचौ विकेटको लागि २९ बलमा ७८ रनको साझेदारी गरेका थिए।

लक्ष्य पछ्याउने क्रममा बार्बाडोसले सुरुवात देखि लगातार विकेट गुमाउन पुगेको थियो। यसले नर्सले सर्वाधिक ४० रन बनाए पनि अन्य ब्याट्सम्यानले ठुलो पारि खेल्न सकेनन्। वारिरर्स बलर रोमारियो शेफर्डले सर्वाधिक ४ विकेट तथा शदाब खानले २ विकेट लिए।

पहिलो इनिंगको पाँचौ ओभरमा बलिंग गरेका सन्दिपले ओभरमा मात्र ५ रन खर्चिए। ओभरमा ४ वटा बलमा रन नदिएका सन्दिपको तेश्रो बलमा चन्द्रपौल हेमराजले चौका प्रहार गरे।

पहिलो ओभर राम्रो गरेता पनि सन्दिपलाई त्यसपछि भने कप्तान जेसन होल्डरले बलिंगमा फिर्ता ल्याएनन्। वेस्टइन्डिजका अफ ब्रेक बलर यसले नर्सले त्यसपछि लगातार आफ्नो स्पेल पुरा गरे। नर्सले ४ ओभरमा ३८ रन खर्चिए पनि विकेट भने निकाल्न सकेनन्।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: