सुरु भयो सार्वजनिक यातायातमा विद्युतीय गाडी, सस्तो भाडा कम खर्च

काठमाडौं : नेपालमा विद्युतको सहायताले संचालन हुने ट्रली बसमा उपत्यकाबासीले करिब ३५ वर्ष यात्रा गरे। ट्रली बसको ३५ वर्षे यात्रा एउटा इतिहास बनिसकेको छ। २०६६ बाट ट्रलिबस पूर्णरूपमा बन्द भएको थियो। अब सुरु भयो विद्युतीय बसको युग।

चीन सरकारले २०३२ सालमा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस बनाइदिएको थियो सोही रुटमा २०४७ सालसम्म उपत्यकाबासीलाई मुख्य साधनको रुपमा रह्यो। २०४७ सालपछि पनि करिब १९ वर्ष संचालमा देखिए पनि पहिलेको लय पकड्न सकेन फलस्वरुप घाटा गएको पार्दै २०६६ सालबाट पूर्णरूपमा ट्रली बस बन्द भयो।

१० वर्षपछि पुन सोमबारबाट काठमाडौं उपत्यकामा चार वटा विद्युतीय बस संचालनमा आएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका हुन्। यसअघि सरकराको समेत स्वामित्वमा वि.आइ.डी संचालनमा ल्याए पनि ती बस संचालनमा आउन नसकेको अवस्थामा निजी क्षेत्रले संचालन सुरू गरेको छ।

निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौं ल्याएका सातवटा विद्युतीय बसमध्ये सोमबारबाट चारवटा बस संचालनमा ल्याएका हो। चारवटा बस नै चक्रपथ परिक्रमा गर्नेछन्।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: