जापानमा शक्तिशाली ताइफुका कारण एकको ज्यान गयो ४० भन्दा धेरै घाइते

टोकियो– रातारात आएको शक्तिशाली ताइफु फाक्साइले भयंकर हावाहुरी र वर्षासहित टोकियोमा निकै क्षति पु¥याएको छ । ताइफुको कारण रेल सेवा सञ्चाल स्थगित भएको छ भने १०० भन्दा धेरै उडान रद्द हुँदा बिहान यात्रुहरुलाई निकै अप्ठयारो भएको छ । प्रचण्ड हावाहुरीका कारण एक जना महिलाको मृ*त्यु भएको बताइएको छ भने चिबा, कानागावा र शिजुओकामा अन्य ३० जना घाइते भएका छन् ।

ताइफुले टोकियो बेमा पनि निकै क्षति पुर्याएको छ भने यसका कारण चिबामा पहिरो गएको छ । ताइफु प्रतिघन्टा २१६ किमिको गतिमा बहिरहेको छ ।

आँधीका कारण योकोहामा रेल सञ्चालन स्थगित भएपछि सोमबार बिहान स्टेशन बाहिर रेल पर्खिरहेका यात्रुहरु । तस्वीर एपी

सो क्षेत्रमा अहिलेसम्मकै उच्च गतिमा हावा बहने मौसमविद्हरुले चेतावनी दिएका थिए । तर बिहान सोमबार बिहान ८ बजेसम्म पनि आँधी प्रभावित क्षेत्रका ३ लाख ४० हजार बासिन्दालाई अन्यत्र सार्ने गैर– अत्यावश्यक आदेश कायमै छ । २ हजार भन्दा धेरै मानिसहरुले इभ्याकुएशन अधिकारीहरुको आदेश पालन गरेर आश्रयस्थलमा शरण लिएका अधिकारीहरुले बताएका छन् । मध्य जापानको शिजुओकामा उच्च छालले बगाएका ८ जना सर्फरहरुको उद्धार गरिएको छ । ती मध्ये २ जना सर्फरहरुलाई अस्पतालमा लगिएको तर उद्धार गरिएका मध्ये कोही पनि गम्भीर अवस्थामा भने नरहेको अधिकारीहरुको भनाई छ ।

शक्तिशाली आँधीले रुख र विजुलीको लाइनहरु ढलाएको छ । यसको कारण सोमबार बिहान टोकियो क्षेत्रका ९ लाख १० हजार मानिसहरु बिजुली बिना बस्नु परेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले बताएको छ । आँधीका कारण शिजुओकामा १० ओटा घर क्षतिग्रस्त भएको, झयालहरु चकनाचुर भएको र कारहरु समेत पल्टिएको स्थानीय सञ्चारममाध्यमहरुले बताएका छन् ।

टोकियोको दक्षिण तिर रहेको तातेयामा एउटा पेट्रोल पम्पमा ठूलो छाना नै खसेर पम्पमा क्षति पुगेको टेलिभिजन फुटेजहरुमा देखिएको छ ।

अन्यत्र पनि भवन निर्माणका क्रममा भवन बाहिर टाँगिएका मचान र सडकमा निर्माण फोहोर नजाओस् भने राखिएका सुरक्षा सिटहरु पनि च्यातिएका छन् । हावाको गतिलाई दृष्टिगत गर्दा क्षति कम नै भएको भएपनि अति व्यस्त यात्रीहरुको बिहानी यात्रा अस्तव्यस्त भएको छ । पूर्वी जापानमा बिहानी समयमा रेलसञ्चालन पूर्णतः स्थगित गरिएका छन् । रुखहरु ढलेका छन् कि आँधीका कारण फोहोर आएर थुप्रिएका पो छन् भनेर रेलवे ट्र्याकमा चेकजाँच भइरहेको छ ।

‘ट्र्याकमाथि निगरानी गर्न र कुनै क्षति भएको छ कि भनेर हामीहरुले चेकजाँच गर्नु पर्ने आवश्यकता छ,’ एउटा रेल कम्पनीका प्रवक्ताले भनेको भन्दै एएफपीले बिहानै बताएको थियो ।

आँधीका कारण सबवे लाइनमा समेत ढिलाई भएको र केही लाइन बन्द भएको थियो यसले गर्दा टोकियोका व्यस्त स्थानहरुमा निकै धेरै भिड लागेको थियो ।

आँधीका कारण सबवे लाइनमा समेत ढिलाई भएको र केही लाइन बन्द भएको थियो यसले गर्दा टोकियोका व्यस्त स्थानहरुमा निकै धेरै भिड लागेको थियो ।

नेपाली इन जापान

Leave a Reply

Scroll to Top
%d bloggers like this: