ओली र मोदीले मंगलबार पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ पाइपलाइनको उद्घाटन गर्नेछन् । दुबै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

मोदीले आफनो निवासबाट बटन थिच्नेछन् भने प्रधानमन्त्री ओलीले आफनो निवासबाट बटन थिचेर उद्घाटन गर्नेछन् । उद्घाटनसंगै मंगलबारबाट पाइपलाइनबाट नियमित तेल आउँनेछ । पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्नेछ। पाइपलाइनबाट दैनिक रूपमा ३० हजार किलोलिटर तेल आउँनेछ ।

पाइपलाइनबाट आएको तेल सुरुमा काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाईनेछ । पाइपलाइनबाट तेल भित्रिँदा वार्षिक ७० देखि ८० करोड बचत हुने र तेल चोरी पनि कम हुने विश्वास निगमले लिएको छ । पाइपलाइनबाट नियमित डिजल आउने भए पनि पेट्रोल आउन भने अझै करिब १ वर्ष लाग्ने निगमले जनाएको छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: