भद्रगोलबाट बाहिरिएको टिमले नयाँ सिरियल ल्याउँदै

नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो २ असोजबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन ।

भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेको हो । उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: