एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न ।

दोहा, कतार

सन २०१९-२०२१ कार्यकालको लागि नवनिर्वाचित एन आर एन ए एनसिसि कतारको कार्यसमितिको पहिलो बैठक बिबिध निर्णय गर्दै सम्पन्न भएको छ ।

शुक्रबार दोहामा सम्पन्न पहिलो बैठकले कार्यसमिती सदस्य मनोनीत, सचिवालय गठन, प्रवक्ता चयन, विभिन्न उपसमिति गठन गर्ने लगाएतका निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले एनआरएनएको बिधान अनुसार निवर्तमान अध्यक्ष नवीन पोख्रेललाई प्रमुख सल्लाहकार, कार्यसमिति सदस्य सन्तोष क्षत्रीलाई प्रवक्ता, कार्यसमिति सदस्य नरेश श्रेष्ठ र केशव कार्कीलाई सचीवालय सदस्य रहने निर्णय गरेको छ । यस्तै कार्यसमितिलाई पुर्णता दिदै ८ जनालाई सदस्यमा मनोनीत गरेको छ । मनोनीत सदस्यमा अब्दुल वासिद, ललित कुमार तामाङ, मदन गुरुङ, मदसिर नजर, सुरेश कुमार मण्डल, राजकुमार दर्जी, दिपक बिश्वकर्मा र शेख अमानुल्लाह रहेका छन् ।

बैठकले संस्थाको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । आगामी बैठकमा पुर्णता दिने गरि अध्यक्ष मुक्तदा मुसलमानलाई कुटनैतिक समन्वय समितीको संयोजक, प्रथम उपाध्यक्ष उत्तम गुरुङलाई सुरक्षीत आप्रवाशन तथा श्रमिक कल्याण समितीको संयोजक, दितिय उपाध्यक्ष टंक कुमार खड्कालाई संघ संस्था समन्वय समितिको संयोजक, महिला उपाध्यक्ष सरिता भण्डारीलाई सुरक्षा तथा जनचेतना अभिबृद्दी समितीको संयोगजक, महासचिव पदम गिरिलाई पर्यटन प्रवर्द्धन समितीको संयोजक, सचीव नियम भुजेललाई साहित्य तथा प्रकाशन समितीको संयोजक, सचीव अफ्सर अलि खानलाई खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितिको संयोजक, कोसाध्यक्ष बिनोद प्रसाद बसौंलालाई आर्थिक समितीको संयोजक, प्रवक्ता सन्तोष क्षत्रीलाई प्रचारप्रसार तथा जनसम्पर्क समितीको संयोजक, युवा संयोजक रबिन मगरलाई युवा बिभाग प्रमुख, महिला संयोजक अम्बिका खत्रीलाई महिला बिभाग प्रमुख, कार्यसमिति सदस्य ज्वाला शाहीलाई स्वयंसेवक तथा अतिथि सत्कार समितीको संयोजक, अब्दुल वासिदलाई सामुहिक लगानी समितीको संयोजक र मदन गुरुङलाई संस्कृति तथा कला समितीको संयोजक तोकेको छ ।

बैठकको अध्यक्षता गर्दै अध्यक्ष मुक्तदा मुसलमानले निर्वतमान कार्यसमितिले अन्तिम समयको अफ्ट्यारो परिस्थितिका बाबजुद पनि आठौं रास्टिय महाधिवेशन सफलताका साथ सम्पन्न गरेकोमा निवर्तमान कार्यसमितीलाई धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष मुसलमानले एनआरएनए एनसिसि कतारका सम्पूर्ण कार्यक्रममा निरन्तर साथ सहयोग गर्ने नेपाली राजदूतावास, निर्वाचन समिती, एनआरएनए आइसिसि पर्यवेक्षक लगाएत सम्पुर्ण अभियानता र पञ्जिकृत सदस्यलाई आभार व्यक्त गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: