मालिंगाले रचे इतिहास, दोश्रोपटक लिए लगातार चार बलमा चार विकेट

लसिथ मालिंगाले दोश्रो पटक चार बलमा चार विकेट लिदैं इतिहास रचेका छन्। मलिंगाले शुक्रबार न्युजिल्याण्डविरूद्धको टि-२० खेलमा यो उपलब्धि हासिल गरेका  हुन्। यसअघि सन् २००७को आईसिसी विश्वकपमा पनि यस्तो गरेका थिए।

शुक्रबार भएको तेश्रो खेलमा पहिले ब्याटिङ गर्दै श्रीलंकाले ८ विकेटको नोक्सानीमा १२५ रन बनाएको थियो। १२६ रनको लक्ष्य पछ्याउन आएको न्युजिल्याण्डका लागि यो सहज लक्ष्य भएपनि मालिंगाको घातक बलिङले उसले खेल ३७ रनले गुमायो।

मालिंगाले यस खेलमा विना विकेटको नोक्सानीमा १५ रन बनाएको अवस्थामा न्युजिल्याण्डको इनिङलाई लगातार ४ विकेट लिदैं धरासयी बनाए। उनले मुनरो, हामिश रदरफोर्ड, कालिन चि ग्र्याण्डहोम तथा रस टेलरलाई आउट गरे। यसक्रममा मालिंगाले दोश्रो ओभरको तेश्रो बलमा कोलिन मुनरोलाई बोल्ड गर्दै पहिलो शिकार बनाए। त्यसपछि रदरफोर्डलाई एलबिडब्लुबाट पेभेलियन फर्काए भने पाँचौ बलमा ग्र्यान्डहोमलाई बोल्ड गरे। त्यस्तै ओभरको अन्तिम बलमा रोस टेलरलाई एलबिडब्लुको धरापमा पारे।

यसरी लगातार चार विकेट गुमाएपछि न्युजिल्याण्ड खेलमा फर्किन सकेन र नतिजा श्रीलंकाको पक्षमा गयो।

घातक बलर मालिंगाले यसअघि सन् २००७ को आईसिसी विश्वकपमा पनि चार बलमा लगातार चार विकेट लिएका थिए। त्यतिबेला उनले दक्षिण अफ्रिकाको विकेट लिएका थिए।

यसरी उनले वान डे क्रिकेटपछि टि-२० क्रिकेटमा पनि लगातार चार विकेट लिनेमा विश्व रेकर्ड बनाए। उनका अलावा अन्तराष्ट्रिय क्रिकेटमा कुनै पनि बलरले यो प्रदर्शन गरेको छैन।

योसँगै मालिंगाको टि-२० क्रिकेटमा पनि सय विकेट पूरा भएको छ। अब मालिंगा क्रिकेटका तीनै प्रारूपको क्रिकेटमा सय वा सो भन्दा बढी विकेट लिने पहिलो बलर बनेका छन्। वान डे क्रिकेटबाट संन्यास लिइसकेका मालिंगाले हालसम्म वान डे मा ३३८, टेस्टमा १०१ तथा टि-२० मा १०३ विकेट लिएका छन्।

अन्तिम टि-२० मा पाहुना टोलीलाई हार चखाएको श्रीलंकाले ३ खेलको टि-२० भणे २-१ ले गुमाएको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: