दोहोरीगीत प्रतिष्ठानको जापानको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सूर्य खड्का

टोकियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

टोकियोमा मंगलवार भएको अधिवेशनवबत सूर्य खड्काको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा पुरुषोत्तम सिग्देल,द्वितीय उपाध्यक्षमा नारायण कँडेल र महिला उपाध्यक्षमा सोना केसी चयन भएका छन् भने सचिवमा माधव सिग्देल, सहसचिवद्वयमा समुन्द्रराज पौडेल र दिलेन्द्र जोशी चुनिएका छन् । यसैगरी कोषाध्यक्षमा अमित सापकोटा, सहकोषाध्यक्षमा निशा क्षेत्री र प्रवक्तामा केशव पौडेल छानिएका छन् ।

यसैगरी सदस्यहरुमा प्रकाश कँडेल, नकुल गौतम, प्रेम सापकोटा ’सोनु’, केशव शर्मा, अर्जुन सुबेदी, शान्ता जिसी, होम पुन, प्रेमकुमार बस्नेत र खेमराज पौडेल चयन भएका छन् ।

जापान शाखाका अध्यक्ष युवराज आचार्यको सभापतित्वमा भएको अधिवेशन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै अध्यक्ष पंगेनीले लोक तथा दोहोरीगीतको क्षेत्रमा भित्रिएका विकृति तथा विसंगतीलाई न्युनिकरण गर्न प्रतिष्ठानले आवश्यक कदम चालेको र सुधारका संकेतहरु देखिएको बताउँदै अझै शुद्धिकरणको आवश्यकता रहेको बताए ।

समारोहमा प्रतिष्ठानका प्रथम उपाध्यक्ष पशुपति शर्मा, सचिव खुमन अधिकारी, केन्द्रीय सदस्यहरु शिव हमाल, रमेशराज भट्टराई, पूर्व केन्द्रीय सदस्य मञ्जु पौडेल, प्रतिष्ठानका विभिन्न समितिमा रहेका गायक गायिकाहरु रबिन लामिछाने, टिका सानु, शान्ता परियार, सम्झना भण्डारी, कला लम्साल, गणेश पौडेल, रोशन गैरै, मनु रोका मगर, शान्ति परियार, अमृता श्रीपाल, प्रताप दास लगायतका एक दर्जनभन्दा बढि कलाकारहरुको विशेष उपस्थिति रहेको थियो ।

जापान शाखाका उपाध्यक्ष पुरुषोत्तम सिग्देलको स्वागत मन्तब्य रहेको सो समारोहमा प्रतिष्ठानका पशुपति शर्मा, खुमन अधिकारी, रमेशराज भट्टराई, रबिन लामिछानेको पनि मन्तब्य रहेको थियो ।
जापान शाखाका सचिव नारायण कँडेलद्वारा प्रस्तुत कार्यप्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन पारित गरिएको छ ।

नवगठित कार्यसमितिलाई एनआरएन जापानका उपाध्यक्ष शिव पौडेल, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, चितवन समाज जापानका अध्यक्ष राजन श्रेष्ठ, प्रतिष्ठान जापान शाखाका सल्लाहकारहरु तिलक मल्ल, अमर गुरुङ र ईश्वरीप्रसाद कँडेल, कोरियोग्राफर अरमान गुरुङ लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा नयाँ नेतृत्वसहितको कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मौजुदा कार्यसमितिका अध्यक्ष आचार्यले आफ्नो कार्यकाल सफल तुल्याउन सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुका साथै आफु प्रमुख जिम्मेवारीबाट बाहिरिए पनि प्रतिष्ठानप्रति कटिबद्ध भएर लागिरहने प्रतिबद्धता व्यक्त गरे । यसैगरी नवनिर्वाचित अध्यक्ष खड्काले नेतृत्वदायी भूमिकामा रहेर निर्बाह गर्नका लागि आफुले पाएको जिम्मेवारी इमान्दारीसाथ पुरा गर्ने र कुनै पनि हालतमा भरोसा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले कलाकर्मीहरुको हक, हित र आवाजलाई मुखरित गर्दै लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाको गरिमालाई थप उच्च बनाउन आगामी दिनमा पनि सम्बन्धित सबैको सहयोग र सहकार्य प्राप्त भईनै रहनेमा आफु बिश्वस्त रहेको धारणा व्यक्त गरे ।

अधिवेशन समारोहको उदघाटन सत्रमा सहसचिव माधव सिग्देल, बन्द सत्रमा अध्यक्ष मण्डलका संयोजक रामकृष्णबम मल्ल र घोषणा सभामा विधान समितिका संयोजक पिताम्बर चापागाईले सहजीकरण गरेका थिए ।

समारोहमा प्रतिष्ठान केन्द्रका अध्यक्ष लगायत पदाधिकारी एवं संबद्ध सबै अतिथि कलाकारहरुलाई जापान शाखाले प्रशंसा पत्रले

यसैगरी प्रवासमा रहेर पनि लोक तथा दोहोरीगीतको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै केशव पौडेल, इश्वरीप्रसाद कँडेल, नारायण कँडेल, सूर्य खड्का लगायतलाई प्रतिष्ठान केन्द्रका तर्फबाट प्रशंसापत्रले सम्मान गरिएको थियो ।

मातृसन्देश

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: