२ करोडको गुणस्तरहीन जीवनजल

काठमाडौं । सर्वसाधारणको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्नेमा सरकारले नै गुणस्तरहीन जीवनजल खरिद गरेर वितरणका लागि जिल्लातर्फ पठाएको पाइएको छ ।
आमनागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवा विभागले १ करोड ७८ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका गुणस्तरहीन जीवनजल खरिद गरी वितरणका लागि जिल्लातर्फ पठाएको हो । विभाग आफ}+ले बनाएको ‘स्पेसिफिकेसन’विपरीत सो मूल्य बराबरका जीवनजल खरिद गरेको कागजात राजधानी दैनिकले फेला पारेको हो । विभागअन्तर्गत रहेको व्यवस्थापन महाशाखाको मिलेमतोमा अनियमित तरिकाले औषधि खरिद गरेर सो रकम भुक्तानी गरेको देखिएको छ ।

औषधि व्यवस्था विभाग र स्वास्थ्य सेवा विभागले भारतको सिनकोम फर्मुलेसन कम्पनीबाट उत्पादित ‘ओरासिन’ नामक जीवनजल डिओएचएस आईसीबी ४१.१९ मा गुणस्तर (क्वालिटी) फेल भएको थियो । विभागले नै सो जीवनजल गुणस्तरमा फेल भएकाले गत आर्थिक वर्षमा खरिद नगर्ने निर्णय गरेको थियो ।
विभागअन्तर्गत व्यवस्थापन महाशाखामार्फत खरिद गरेको सो गुणस्तरहीन जीवनजल जिल्ला–जिल्लामा पु¥याइसकिएको छ । सोको परिमाण निर्धारणका लागि जिल्लामा हस्तान्तरण फारम पठाइएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: