गल्कोट समाज जापानको तिज धमाका २०१९ भव्य रूपमा सम्पन्न (फ़ोटो फिचर सहित )

गल्कोट समाज जापान टोकियो क्षेत्रीय समिति कान्तोको आयोजना र गल्कोट स्पोर्ट्स कल्व टोकियो,घुम्टे युवा परिवार,गैरे समाजको सह-आयोजनामा नाकानो जेरो हलमा आयोजित”तीज धमाका २०१९” सांगितिक धमाका सम्पन्न भएको छ।

क्षेत्रीय समिति टोकियोका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव दुर्गा बहादुर खत्री र हिमाल कँडेल ले गर्नु भएको थियो भने मुख्य अतिथिका रुपमा गल्कोट समाजका अध्यक्ष दिलु खत्री रहनु भएको थियो।औपचारिक चरणको कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,गल्कोट समाजका संरक्षक नरबहादुर थापा,बेलुकाजी थापा,गल्कोट समाज जापानकी उपाध्यक्ष कालिका थापा,महिला संयोजक सविता श्रेष्ठ लगाएत बिशिष्ट आतिथ्यता रहदा,सह-आयोजकका अध्यक्षहरु बिशिष्ट अतिथिका रुपमा रहनु भएको थियो।मुख्य प्रायोजकका तर्फबाट सुमेघ ट्राभल्स र शान्ति रेष्टुरेण्टका प्रो जीतबहादुर खत्री लगाएतको पनि बिशिष्ट आतिथ्यता रहेको थियो।

त्यसै गरी अतिथिका रुपमा गल्कोट समाज केन्द्रीय समितिका पदाधिकारी सहित एनआरएनए जापानका पदाधिकारी दिनेश गुरुङ्ग,शिव पौड्याल,बुद्दीराज घिमिरे लगाएत जापानमा रहने सामाजिक संघसंस्थाका पदाधिकारी रहनु भएको थियो।त्यस्तै पत्रकार प्रेमिला गौचन र गोकर्ण अधिकारी पनि अतिथ्यता रहेको थियो।
सहआयोजक गल्कोट स्पोर्ट्स क्लव टोकियो का अध्यक्ष लक्ष्मण कार्कीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको औपचारिक चरणलाई नेपालको राष्ट्रीय गीत बजाए संगै संयुक्त रुपमा अतिथीहरुबाट रिबन काटेर उद्घाटन गरिएको थियो।
गल्कोट समाज जापानका संरक्षक बेलुकाजी थापा,पत्रकार महासंघका अध्यक्ष मोहन घले,गल्कोट समाजकी उपाध्यक्ष कालिका थापा साथै जापान भ्रमणमा रहनुभएका भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पदमपाणी सुबेदीले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो।
सांगितक चरणको कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार द्वय खुमन अधिकारी र कला लम्साल संगै जापानमै रहेर सांगितिक क्षेत्रमा निरन्तर लाग्ने चेतन घर्तीमगर,बिमल भण्डारी,शान्ता परियार,मनु रोकाको सांगितिक प्रस्तुति रहेको थियो।

हल क्षमता भन्दा बढी दर्शक शुभचिन्तकको उपस्थिति रहेको कार्यक्रममा एक हजार बढीको उपस्थित रहेको आयोजकले जानकारी दिएको छ।खुमन अधिकारी र कला लम्सालले आफ्ना प्रस्तुति दिदा हलमा उपस्थित दर्शकलाई ब्यबस्थित गर्न आयोजकलाई धेरै नै कसरत गर्नु परेको थियो।एभरेष्ट फुजी डटकमकी पत्रकार प्रेमिला गौचन,जापानसमाचार डटकमका पत्रकार गोकर्ण अधिकारी लगाएतका पत्रकारको उपस्थितिले झनै उत्साहित भएको अध्यक्ष महेन्द्र साहानी ले जानकारी दिए।कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने सहयोग दाता देखि हल सम्म उपस्थित सम्पुर्णमा धन्यवाद दिदै साहनीले यो साथ र सहयोग निरन्तर रहने कुरामा आशा ब्यक्त गरे ।

सांगितिक कार्यक्रममा उपस्थित दर्शकलाई कार्यक्रमको मुख्य प्रायोजक सुमेध टुर्स एण्ड ट्राभल्स र ईसुमेध टुर्स एण्ड ट्राभल्सले लक्ली ड्र बिजेता २ जनाको लागी सेप्टेम्बर २७ तारिक र अक्टुबर २ तारिक काठमाण्डौबाट नारिताको लागी हुन लागेको चार्टर्ड फ्लाईटको निःशुल्क टिकट प्रदान गरेको थियो।गल्कोट समाज जापानले हरेक बर्ष गर्ने तीज कार्यक्रम बिशेष नै हुने भए पनि हालसम्म कै एेतिहासिक भएको पनि आयोजकले घोषणा गरेको छ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: