खानागावा नेपाली कम्युनिटिको अध्यक्ष पुन :सापकोटा

खानागावा नेपाली कम्युनिटी जापानले भब्य तिज फेस्टीबल सम्पन्न गरेको छ । आईतबार योकोहामाको निसीचीकु सेन्टरमा तिजको अबसरमा राखेको कार्यक्रममा नेपाली संगै जापानी पनि तिजको गीत र नाचँमा रमाईएका थिए ।

सोहि अबसरमा नयाँ कार्यसमितिको समेत घोषणा गरेको छ । २ बर्ष कार्यकाल रहेको कम्युनिटीको नयाँ कार्यसमितिमा पुन: हरी सापकोटाको अध्यक्ष बनेका छन् ।

कार्यसमितिको उपाध्यक्षमा सिदार्थ श्रेष्ठ महेश अमात्य,धुर्ब कुमार थापा सचिवमा यमाकान्त कंडेल,सहसचीबमा प्रेम प्रसाद कंडेल,टिकाराम कंडेल,कोषाध्यक्षमा गणेशजंग राणा सहकोषाध्यक्षमा जस्मिन जोशी कर्मचार्य लगाएत रहेका छन। नयाँ कार्यसमिति घोषणा कार्यक्रममा प्रमुख अतिथि जिज्ञान कुमार थापाले खानागावा नेपाली कम्युनिटिले जापानीहरु बिचको राम्रो सम्बन्ध का कारण पनि हेर्ने नजर अरु कम्युनिटि भन्दा फरक रहेको बताए ।

हरि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन निबर्तमान सचिव राजेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा महेन्द्र श्रेष्ठ, प्रकाश पौडेल माईला, सविता श्रेष्ठ,देविलाल भण्डारी, राजु कंडेल,ईन्दिरा सुजुकी,टिकाराम खरेल लगाएतको उपस्थीति रहेको थियो ।

नेपाली संगै जापानीहरुको बाक्लो सहभागी रहेको फेस्टिवलमा कलाकारहरु भावना आचार्य, सुर्य खड्का अमित सापकोटा खेमराज पौडेलको तिज गित प्रस्तुतीले सबैलाई नचाए । कानागावा नेपाली कम्युनिटि जापानमा क्रियाशिल संघसस्थाको भिडमा राम्रो पहिचान बनाएको कम्युनिटि हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: