एनआरएन जापानको सचिव(क्षेत्रीय) पदमा विकास बस्नेतको उम्मेदवारी ।

एनआरएन जापानको (२०१९-२०२१) कार्यकालको लागि विकास बस्नेतले सचिव(क्षेत्रीय) पदमा उम्मेदवारी दर्ता गरेका छन ।जापानवासी सबै नेपालीलाई सम्बोधन गर्दै आफ्ना भनाइहरू यसरी राखेका छन ।

आदर्णीय जापान बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरू सम्पूर्णमा नमस्कार ? |
बिगत लामो समयदेखि NRNA जापानमा रहेको मेरो सक्रियता र पदिय जिम्मेवारिले अब अलि अगाडि बडेर सस्थाको हित को लागि समाजप्रति मेरो सकारात्मक भुमिका अझ कम भएको महसुस भएको र सस्थाको बिभिन्न गलत गतिबिधि गर्न प्रेरित गर्ने ब्यक्ति जसले सस्था बदनाम गर्न नकरात्मक भुमिका खेल्छ त्यस्तो ब्यक्ति आउन दिनु हुन्न भन्ने मलाइ लाग्दछ र मेरो पहिलो
सस्थाप्रति सकरात्मक पहल पनि त्यहि हुनेछ |
“थोरै बोलै धेरै गरौ ” भन्ने नारालाइ आत्मासाथ गर्दै चिप्ला र मिठा भासण तथा दोहोरो चरित्र भन्दा स्पस्ट बक्ता र ब्यबाहारिक सहि काम गर्नेको महत्व अर्थपुर्ण हुन्छ भन्ने मेरो बुझाइ हो साथै एउटा सबल सस्था निर्माण को लागि क्षेत्र र केन्द्र बिचको समन्वय र सम्बन्ध सुमुधुर हुनुपर्छ र यसमा केन्द्रीय सचिव (क्षेत्रिय) को महत्त्वपूर्ण भुमिका भएकाले सबै क्षेत्रको सरसल्लाह र सुझावलाइ आत्मासाथ गर्दै आउदो NRNA अन्तर्गत NCC जापान (१९-२१)को महाधिवेशन मा उक्त पदमा (केन्द्रीय सचिव,क्षेत्रिय) आफ्नो नाम निर्वाचन समितिमा दर्ता गरेको घोसणा गरेको जानकारी गराउदछु साथै सबैको भरोसा र साथको अपेक्षा गर्दछु|

मेरो उमेदवारी :-
क्षेत्रीय समस्या लाई केन्द्रमा अघि सार्न भूमिका खेल्ने
क्षेत्र र केन्द्र बिचको दुरि लाई नजिकाउन र सम्बन्ध राम्रो गर्न पहल गर्न समन्वय को भूमिका खेल्ने
जापान र नेपाल बिच सम्बन्ध अझ मजबुत बनाउन सस्थाको सकारात्मक पहल लाई साथ दिने
सस्थाको बिकास र बिस्तार को लागी क्षेत्र र केन्द्र बिच समन्वय गराउने

“हरेक क्षेत्र सबल,सक्षम र केन्द्रबिचको समन्वयकारी पहलनै हाम्रो आजको आवस्यकता हो”

Leave a Reply

Scroll to Top
%d bloggers like this: