सामूहिक गौंहत्याको विरोधमा चितवनमा प्रदर्शन, राष्ट्रकै अपमान भएको टिप्पणी

चितवन, भदौं १५-

सुर्खेतको वन क्षेत्रमा भएको सामूहिक गौहत्याको विरोधमा  चितवनमा विरोध प्रदर्शन भएको छ ।

भरतपुरको चौबिसकोठीबाट विश्व हिन्दू महासंघ नेपालको नेतृत्वमा सुरु भएको विरोध र्‍याली  जिल्ला प्रहरी कार्यालय हुँदै मालपोत चोकबाट जिल्ला प्रशासन कार्यालय पुगेको थियो । र्‍यालीले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र पनि बुझाएको छ ।

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी बस्नेतले गृहमन्त्रालयले गौहत्याको सम्बन्धमा छानबिन समिति गठन गरेको जानकारी दिएका छन् । उनले यस्ता किसिमका घटनाहरुलाई पुनः दोहोरिन नदिन सरकार एवम् सम्बन्धित निकाय जिम्मेवार रहने भन्दै ज्ञापनपत्र आजै प्रधानमन्त्रीको कार्यालयमा पु¥याउने प्रतिबद्धता गरेका थिए । गत भाद्र १३ गते दर्जनौ गाई मृत र सयौँको संख्यामा घाइते अवस्थामा भेटिएपछि राष्ट्रिय जनावरको अपमान गर्नु राष्ट्रकै अपमान भएको भन्दै ओमकार परिवार सडकमा उत्रिएको हो ।

विरोध ¥यालीको नेतृत्व गरेका विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय सदस्य टंक पौडेलले धर्म निरपेक्षताको प्रत्यक्ष प्रभाव हिन्दू धर्ममा परकोे बताए । यस्तै, नारायणगढ महाआरती महासंघका अध्यक्ष प्रेमनिधि भारतद्धाजले नेपालको संविधानले संरक्षित गरेका गाईको हत्या गर्नु जघन्य अपराध भएको ठहर गरे पनि घटनाहरु दिन प्रति दिन बढ्दै गएकोमा आपत्ति जनाए । उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही नगरे देशभरका ओमकार जनहरु सडकमा आउने र त्यसको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने चेतावनी दिएका छन् ।

नारायणी अनलाइन

Leave a Reply

Scroll to Top
%d bloggers like this: