जापानमा पहिलो पटक आयोजित तिज फेस्टिबल आज , अबको केहि समयमा सुरु हुदै ।

हरितालिका तिजको अवसरमा जापानको राजधानी टोकियोमा पहिलो पटक आयोजित खुल्ला वृहत् सांस्कृतिक कार्यक्रम ‘तीज फेस्टिभल’ अबको केहि समयमा सुरु हुदैछ ।

डेस्टिनी क्रियसन र एनआरएनए जापानको संयुक्त आयोजनामा आयोजित तिज फेस्टिभल  टोकियो टावर नजिक रहेको सिवा पार्कमा हुन लागेको हो ।

तिज फ़ेस्टिभलमा  बद्री पंगेनी,पशुपति शर्मा,मञ्जु पौडेल,सम्झना भण्डारी,रमेशराज भट्टराई र प्रताप दास लगायत कलाकारले साङ्गीतिक प्रस्तुति दिनुका साथै नेपाली तीजको मौलिकता झल्किने मौलिक प्रस्तुति हुने फेस्टिभल आयोजक  डेस्टिनी क्रियसनका कृष्ण खरेलले जानकारी दिएका छन् ।यसै सन्दर्भ कार्यक्रम स्थल सिवा पार्कमा कलाकारसहित पत्रकार सम्मेलन पनि गरिएको थियो ।

यस कार्यक्रमबाट सङ्कलित भई बचेको रकम नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्ने समेत आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा सहभागिताका लागि आयोजकले आग्रह समेत गरेका छन ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: